Powered by Blogger.
शनिबार फाखेलमा रामनारायण बिडारी आउने


फाखेल । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा नेकपाका नेता तथा संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी आउनुहुने भएको छ ।

फाखेल स्थित श्री कालिका माध्यमिक बिद्यालयको ५८ औ वार्षिक अभिभावक भेलामा प्रमुख अतिथि भएर सभापति बिडारी आउन लाग्नुभएको हो । 

सभापति बिडारीसंगैं सो कार्यक्रममा प्रदेश सासदहरु, गाँउपालिका अध्यक्ष लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

सोही कार्यक्रममा कृषि प्रविधिक कक्षा उद्घाटन, वाल उद्यान उद्घाटन, विद्यालय पोशाक तथा व्याग वितरण, डिजीटल स्मार्ट कक्षा उद्घाटन, मण्टेश्वरी बिधि सहितको कक्षाको उद्घाटन गरिने समेत कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर स्याङ्तानले जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम पनि रहेको छ  । कलाकारहरु गायक अशोक तामाङ, गायक सरोज लामिछाने, गायक रबिन्द्र लामा गायिका चिजा तामाङ, नृत्यमा स्वरुपा बल हाँस्य कलाकारमा बिजय बि.सि रहेका छन् । 



0 comments

Write Down Your Responses