Powered by Blogger.
फाखेलको कालिका माविमा कृषि प्राविधीक कक्षा सुरुवात


फाखेल । संघीय संसदको प्रत्यायोजित वयस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले वर्तमान सरकारले जनताका आकाँक्षा अनुरुप काम गरिरहेको दावी गर्नुभएको छ । मकवानपुर जिल्लाको फाखेल चौर स्थित इन्द्रसरोवर गाँउपालिकाकाम शनिवार आयोजित कार्यक्रममा उहाँले यो दावी गर्नुभएको हो । 

कालिका माविको ५८ औं अविभावक भेला तथा उद्घाटन कार्यक्रममा सभापति बिडारीले विगतमा भताभुङ्ग र लथालिङ् पारिएको कामलाई सच्याँउदैमा केही समय खर्च भएको र अब कामको मेलो समाएको बताउनुभयो । 

पाँच वर्ष ढुक्क संग काम गर्ने भएकाले यो सरकारले जनताको आकाँक्षा क्रमश पुरा गर्दै लाने बताउनु भयो । बर्तमान सरकारले आगामी बजेटमा जेष्ठ नागरिक भत्ता बढ्ने समेत जानकारी दिनुभयो । 

यही सरकारले हरेक गाँउपालिकामा प्राविधीक शिक्षाको सुरुवात गरेको बताउँदै कालिका मावि मकवानपुरकै नमुना स्कुल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

आफु करिव २५ वर्ष पछि कम्युनिष्ट नेताहरुको सेल्टरभुमी फाखेलमा आउन पाएकोमा खुसी व्यक्ति गर्दै उहाँले त्यतीबेला थाहा आन्दोलनका क्रममा जनता जगाउन हरेक डाँडापाखा डुलेको स्मरण गर्नुभयो । 



नख्खुजेल ब्रेक गरेर आएका तत्कालिन कम्युनिष्ट नेताहरुलाई महिनौं सम्म संरक्षण गर्ने ति फाखेलवाशी महान भएको उहाँको भनाई थियो । 

उहाँले नेपालमा शिक्षामा वर्गका आधारमा धनी र गरीवलाई फरक फरक शिक्षा दिने गरिएको बताउँदै अवका दिनका वर्तमान सरकार तथा स्थानीय सरकारले शिक्षामा देखिएको दोहोरोपना हटाउन भुमिका खेल्नुपर्ने बताउनुभयो । 

सोही कार्यक्रममा  राष्ट्रिय सभा सदस्य समेत रहनुभएका बिडारीले कृषि प्रविधिक कक्षा उद्घाटन, वाल उद्यान उद्घाटन, विद्यालय पोशाक तथा व्याग वितरण, डिजीटल स्मार्ट कक्षा उद्घाटन, मण्टेश्वरी बिधि सहितको कक्षाको उद्घाटन समेत गर्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्द्रसरोवर गाँउपालि वडा नम्बर ४ का अध्यक्ष  धनवीर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष जीवन लामाले योजनावद्ध रुपमा गाँउपालिकाले विकासमा जोड दिएको बताउँदै केन्द्रीय योजनाहरुमा समेत समावेश गरिदिन आग्रह गर्नुभयो । 



अध्यक्ष लामाले आफ्नै स्रोत र साधनबाट पालिकाले गौरवको योजना अन्तर्गत  कृषि प्राविधीक कक्षाको उद्घाटन भएको भन्दै अबका दिनमा शिक्षाम सुधार गर्नुपर्ने खाँचो औंल्याउनुभयो । 

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष उमाकुमारी लामाले विद्यालयका हरेक समस्यालाई गाँउपालिकाले आफ्नै समस्या ठानेर परिपुर्ती गर्नेतिर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका खिलनाथ धमला, ५ नम्बर वडाका वडा अध्यक्ष धनराज महर्जन, विद्यालयका प्रधानअध्यापक हस्ताबहादुर राई, वडा अध्यक्ष धनराज महर्जन, सिड नेपालका निर्देशक केपी काफ्ले लगायले समेत विविध विषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।



कार्यक्रममा नेकपा नेता तथा समाजसेवी रामचन्द्र बल, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, खानेपानी तथा सरसफाई केन्द्रीय उपभोक्ता महासंघका सदस्य गौतमवुद्ध लामा, समाजसेवी धिरज लामा, रेडियो इन्द्रसरोवरका प्रमुख तथा वाल सहजकर्ता पुष्कल गोले लगायत विभिन्न क्षेत्रका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा अध्यक्ष स्याङ्तानले प्रमुख अतिथी बिडारीलाई दक्षिणकाली–हुमाने–फाखेल–कुलेखानी–हेटौंडा सडकलाई हाल ग्रामिण कृषि सडकको रुपमा मात्र मान्यता दिइएकोमा अब प्रदेश स्तरको १० मिटरको सडकको मान्यता दिइ प्रदेशको गौरवको योजनामा पार्न पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र समेत बुझाउनुभएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख अतिथी बिडारीले यसमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 



कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कलाकारहरु गायक अशोक तामाङ, गायक सरोज लामिछाने, गायक रबिन्द्र लामा गायिका चिजा तामाङ, नृत्यमा स्वरुपा बल हाँस्य कलाकारमा बिजय बि.सि लगायतको प्रस्तुतीले वाताावरण मनोरन्जक बनेको थियो ।



0 comments

Write Down Your Responses