Powered by Blogger.
ऋषेश्वर स्थित छ्युमिझ्याङ्ग गुम्बामा यसरी मनाइयो २५ सय ६३ औं बुद्ध जयन्ती, गुरु रेम्पोछेले तपस्या गरेको स्थललाई धार्मिक पर्यटनको केन्द्र बनाइने


दामन(मकवानपुर) । २०७६ जेठ  ४ गते शनिबारको दिन परेको २५ सय ६३ औं बुद्ध जयन्तीको सुवर्ण अवसरमा दामनमा भव्य कार्यक्रा गरी वुद्धजयन्ती मनाइएको छ ।  

सिमभन्ज्याङ्गका स्थानीय संस्थाहरु एभरेष्ट युवा बिकास क्लब, दामन बजार ब्यबस्थापन समिती, सिमभन्ज्याङ्ग बजार ब्यबस्थापन समिती,ऋषेश्वर वन उपभोक्ता समिती, सिमभन्ज्याङ्ग प्रहरी चौकी, थाहा होटेल एसोसिएसन र स्थानीय सकृय युवाहरुको उपस्थितिमा संयुक्त रुपमा वुद्ध जयन्ती मनाइएको हो ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुले समान आस्थाले पुज्ने पबित्र अनि पौराणिक धार्मिक स्थल ऋषेस्वर महादेवको मन्दिर र गुरु रेम्पोछेले ध्यान गरे पश्चात् नामकरण भएको छ्युमिझ्याङ्ग गुम्बामा “शान्ति ,सुस्वास्थ्य ,सद्भाव र समृद्धिको कामना गर्दै  बुद्ध जयन्ती  मनाइएको हो । 



पुजामा तथा ऐतिहासिक धार्मिक कार्यक्रममा गुम्बाका मुख्य पुजारि जिङ्छेन लामाले पुजापाठ गरेका थिए । आरती पश्चात् विभिन्न बिषयमा व्यापक छलफल भएको थियो। 

कार्यक्रममा उत्तरी मकवानपुर होटेल एसोसिएसनका संस्थापक अध्यक्ष शिव कुमार खत्री, दामन बजार ब्यबस्थापन समितिका अध्यक्ष तसि शेर्पा , सिमभन्ज्याङ्ग बजार ब्यबस्थापन समितिका अध्यक्ष अमित लामा, ऋषेस्वर वन उपभोक्ता समितिका नवनिर्वा्चित अध्यक्ष हिरेन्द्र रायमाझी र सिमभन्ज्याङ्ग प्रहरी चौकिका असई गणेश थापा लगायत स्थानीयहरुको बाक्लो उपस्थित रहेको थियो।



यसरी मनाईएको यो पहिलो ऐतिहासिक बुद्ध जयन्ती हो ।  यसको प्रमुख उद्देश्य भन्नुनै धार्मिक सहिष्णुता राखी आपसी सद्भाव ,प्रेम बाँडनु र नेपाली रिति रिवाज, धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनलाई प्रबर्द्धन गर्नु रहेको एभरेष्ट युवा बिकास क्लब तथा भर्खरै स्थापना भएको उत्तरी मकवानपुर होटेल एसोसिएसन का संस्थापक अध्यक्ष शिव कुमार खत्री ले बताए ।

यसै गरि कार्यक्रममा ऋषेस्वर वन उपभोक्ता समितिका अध्यक्षले आफ्नो कार्यकालमा सामाजिक बिकास,धार्मिक पर्यटनको प्रबर्द्धन,सो तिर्थ क्षेत्रको बिकास योजना र मन्दिर र गुम्बा लाई प्राकृतिक अनि मौलिक तवरले  नै ब्यबस्थापन गरिने बताए ।

स्मरण रहोस् उक्त धार्मिक स्थल ऋषेश्वर वन उपभोक्ता समितिको अधिकार क्षेत्र भित्र पर्दछ। हिन्दु तथा बौद्ध धर्म मार्गिहरुको धरोहर  प्रख्यात अनि पबित्र  तिर्थ स्थलले दामन तथा सिमभन्ज्याङ्ग्का सबै पर्यटन व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गरिरहेको परिप्रेक्ष्यमा धार्मिक पर्यटनलाई प्रबर्द्धन गर्न आवश्यक भौतिक संरचनाहरु र  नीतिनिर्माण गरिनुपर्ने र यसका लागि संबंधित निकायहरुले ध्यान दिनुपर्ने भनाई छ । 



 यस धार्मिक क्षेत्रमा भारत , तिब्बत , भुटान ,थाइल्यान्ड ,चीन, जापान, कोरिया देखि र नेपाल भरिका जिल्लाहरुबाट अत्यधिक तिर्थालुहरु दर्शन गर्न र ध्यान गर्न आउने गरेका छन् ।

यहाँ ठूलो एकादशी र फागु पुर्णिमा को दिन ठूलो मेला लाग्दछ भने साउनमा शिव भक्तहरु र ल्होसार र बैशाख पुर्णिमाको दिन बुद्ध भक्तहरुको ठूलो पुजापाठ र भेला लाग्दछ ।  

तर बिडम्बना यति धेरै प्रसिद्ध भएको यस धार्मिक स्थल लाई संचालन गर्न अहिले सम्म कुनै पनि ब्यबस्थापन समिती बन्न सकेको छैन । न त राज्यले नै कुनै चासो देखाएको छ ।



पुजा कार्यक्रम सम्पन्न गर्न शुक्रबार स्थानीय कल्याणकारी संस्थाहरु एभरेष्ट क्लब अनि दामन तथा सिमभन्ज्याङ्ग बजार ब्यबस्थापन समितिका पदाधिकारीहरुले मुल प्रवेशद्वार देखि मन्दिर सम्म सरसफाइ गरेका थिए । 

आगामी बर्ष देखि धार्मिक पर्यटन अनि नेपाली रिति रिवाजको संरक्षण र प्रबर्द्धन गर्ने प्राथमिकताका साथ निरन्तर यस्ता कार्यक्रमहरु गरिने र पर्यटन बिकासका  लागि आवश्यक पर्ने सबै पहलहरु र कार्यक्रमहरु गरिने एभरेष्ट युवा बिकास क्लबका महासचिव तथा सक्रीय समाजसेवी एवं कार्यक्रम कोअर्डिनेटर दावा शेर्पा लगायत स्थानीय सबैले अडान बताइन्छ । 

२०७२ को भूकम्पले जिर्ण बनेको गुम्बा भने अझै पुर्ननिर्माण हुन सकेको छैन । 

0 comments

Write Down Your Responses