Powered by Blogger.
खड्बु स्थित महाचुनी माविको उद्घाटन गर्न आइतबार सुरेन्द्र पाण्डे आँउदै


मकवानपुर ।  उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेल खड्बुमा रहेको महाचुनी माद्यमिक विद्यालयको नव निर्मित भवनको आइतबार उद्घाटन हुने भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष धनराज महर्जनका अनुसार आइतबबार हुने कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको छ । अविभावक भेला तथा उद्घाटन कार्यक्रम नेकपाका स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री एवं प्रतिनिधीसभा सदस्य सुरेन्द्र पाण्डेले गर्नुहुने भएको छ ।

कार्यक्रममा मकवानपुर–२ का प्रतिनिधी सभा सदस्य विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, कुमारी मोक्तान, गाँउपालिका अध्यक्ष जीवन लामा, नेकपा मकवानपुरका नेता एवं समाजसेवी रामचन्द्र बल लगायतको सहभागिता हुने बताइएको छ । 

साबिक फाखेल गाउँ विकास समितिकै  मकहत्वपुर्ण मानिने एक शैक्षिक धरोहरको रुपमा रहेको उक्त विद्यालयको भवन वि.स. २०५२ सालको विनाशकारी भूकम्पले जिर्ण बनाएपछि विद्यालयले २०७५ सालदेखि नयाँ भवन निर्माण कार्य सुरु गरेको थियो ।

प्लान नेपाल मकवानपुरको आर्थिक सहयोग र राडो नेपाल मकवानपुरको प्राविधिक सहयोगमा  विद्यालयको २ वटा भवन निर्माण सम्पन्न भएको छ ।

उक्त विद्यालयमा माद्यामिक तह कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । उक्त विद्यालयको नयाँ भवन भोलि एक विशेष समारोहका बीच उद्घाटन हुन लागेको हो । 

श्री महाचुनी माध्यमिक विद्यालयको भोलि मिति २०७६ साल जेठ ५ गते हुने ५९ औं वार्षिक अभिभावक भेला तथा नव निर्मित विद्यालय भवनको उद्घाटन समारोहमा उपस्थितिको लागि सम्पूर्ण अतिथिगण, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी,चन्दादाता तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि विद्यालयले आग्रह गरेको छ । 

प्रअ शान्तलाल लामाले भन्नुभएको छ, ‘सबैलाई  यसअघि नै सूचना र पत्र पठाइसकेका छौँ । यदि कारणवश सूचना तथा पत्र नपुगेको भए यसैलाई आधार मानी उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।’

भोली भवन, स्मार्ट कक्षा, आइसीटी कक्षा उद्घाटन, शिलालेख अनावरण वृक्षारोपण, प्रगति तथा आयव्यय प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण का साथ साथमा विविध सांस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । 



0 comments

Write Down Your Responses