Powered by Blogger.
मकवानपुर मनहरीकी बिमला थिङको ‘परदेशी कान्छा’ सार्वजनिक (हेर्नुस् भिडीयो सहित)


काठमाडौं । नवप्रतिभा विमला थिङको दोस्रो साँगितिक कोशेली ‘परदेशी  कान्छा’को भिडियो सार्वजनिक भएको छ ।

हिजो युटुव मार्फत उक्त भिडीयो सार्वजनिक भएको हो । मकवानपुर–मनहरीकी स्थायी बासिन्दा थिङ पछिल्लो समय लोक सेलो गितमा चर्चामा आइरहेकी छिन् ।

गित गाउनुका साथै आफैं मोडलिङमा समेत सक्रीय बिमला विभिन्न स्टेज सोहरुमा समेत पछिल्लो पटक व्यस्त छिन् । हिजो सार्वजनिक भएको उक्त भिडीयो केही घण्टामै दशौं हजार दर्शकले हेरिसकेको पाइएको छ ।

उक्त भिडीयो अशोक तामाङ, विमला थिङ, आरिन तामाङ लगायतको अभिनय रहेको छ ।

उक्त भिडीयोको निर्देशन अजय स्याङ्तानले गरेका हुन् भने संगीत अशोक तामाङले गरेका हुन् ।
उनको पहिलो एल्वम  ताम्बाकी छोरी यसअघि नै सार्वजनिक भएको थियो ।

https://youtu.be/sc2Hdon_BVQ?t=77


0 comments

Write Down Your Responses