Powered by Blogger.
सार्वजनिक यातायातमा कहिलेसम्म बढी भाडा तिर्ने ?


निनाम कुुुलुङ ‘मंगले’ 
त्यसो त हामीमध्ये धेरै मान्छेलाई थाहा छैन कि, काठमाण्डौ उपत्यका लगायत वरिपरिका विभिन्न स्थानमा सार्वजनिक बसमा यात्रा गर्दा न्युनम १३ रुपैँया भाडा तिर्नु पर्छ भन्ने । 

तर, भाडा लिने गाडी धनी (सहचालक !) हरुले भने तपाईँ हामीलाई गाडी चढ्ने बित्तिकै १५ रुपैँया तिराई हाल्छ । उस्तै गाडी धनी (सहचालक !) ले त एक ठाऊँ जानुपर्ने कुनै यात्रु झुक्किएर अर्को बसमा चढेर÷झुक्किएर फेरि झरेमा पनि भाडा लिन्छन् । 

हुन माथिको सो भाडा दर विसं २०७२ माघमा नेपाल सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागद्धारा लागू गएिको हो । हाल यो भाडा दर लागू भएको ३५÷३६ महिना बितेको छ । त्यसैले सार्वजनिक यातायातका (गाडी) धनीहरुलाई हाल आप्mनो गाडीले नाफा होइन, घाटा दिएको पनि हुन सक्छ । अथवा उनीहरुले आप्mनो गाडी घाटामा चलाउन परेको पनि होला । जे भए तापनि यस विषयमा तल केही लेख्ने÷उल्लेख गर्ने प्रयास गरिएको छ । 

१, काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनको भाडा दर न्युनतम रु. १३÷०० देखि अधिकतम रु. २४ सम्म कायम गरिएको छ ।

२, काठमाण्डौ उपत्यका र अन्य सहरी क्षेत्रको भाडा दर र दूरीः  

० देखि ४ किमिम्म १३÷०० रुपैँया, 
० देखि ५ किमिसम्म १५÷०० रुपैँया, 
० देखि ६ किमिसम्म १६÷०० रुपैँया,
० देखि ८ किमिसम्म १७÷०० रुपैँया, 
० देखि १० किमिसम्म १९÷०० रुपैँया, 
० देखि १३ किमिसम्म २१÷०० रुपैँया, 
० देखि १६ किमिसम्म २२÷०० रुपैँया, 
० देखि १९ किमिसम्म २३÷०० रुपैँया, 
० देखि १९ भन्दामाथि २४÷०० रुपैँया

३, यदि कुनै सवारी साधनले माथि तोकिएभन्दा बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यलय (१०३) वा यातायात व्यवस्था विभागमा जानकारी गरानु हुन अनुरोध गरिन्छ । 

माथिको भाडा दर तालिका यातायात व्यवस्था विभागद्धारा विसं २०७२÷१०÷२४ मा जारी गरिएको हो । सो तालिका÷सूचना काठमाण्डौ, नयाँ बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यलय अगाडि हालसम्म पनि मधुरो अक्षरमा देख्न सकिन्छ ।

तर, यातायात व्यवस्था विभागले ४३÷४४ महिनाअघि निकालेको सो सूचना वा भाडा दर अहिले कति व्यवहारिक होला ? किनभने, त्यस यता राष्ट्रिय÷अन्र्ताष्ट्रिय बजारमा कति पटक पेट्रोल÷डिजेलको भाऊ बढ्यो वा घट्यो ? 

त्यसैले माथिको भाडा दरमा हालसम्म केही तलमाथि हुनैपर्ने हो तर, ... तर, हालसम्म पनि काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनको भाडा दर स्थिर नै छ !

हुन त मान्छेहरु भन्दा हुन्, यस्ता झिनामसिना कुरोमा पनि अल्झने ? यस्तो जाबो १÷२ रुपैँया खाएको विषयमा पनि लेख्ने ? देशमा कस्तो ठूलठूलो भ्रष्टचार र घुसघोरी चली रहेको छ । 

सो विषयमा ‘नेपालको मै हुँ !’ भन्ने मिडियाले लेख्दा त केही लछारपाटो लाग्न सकेको छैन ! जाबो १÷२ रुपैँया खाएकोमा के लेख्नू÷बहस गर्नु ! तर, आखिरमा सुशासन त सुशासन नै हो । 

त्यसैले यो केही नजान्ने कुलुङे ढाक्रेले सार्वजनिक यातायातका मालिक वा भनौं चालक र सहचालकहरुले लिने जाबो १÷२  (बढी पैसा असुल्ने) रुपैँयाको बारेमा लेख्ने जमर्को गरेको छ । 

हुन त केही समयअघि यातायात व्यवस्था विभागले काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन गरिएको सार्वजनिक यातायातको मात्रै नभएर सबै किसिमका सार्वजनिक यातायातका साथै देशभरि चल्ने लामो दूरीका यातायातको भाडा दर बढाउने निर्णय यातायात व्यवस्था विभागले गरेको थियो । 

तर, यातायात व्यवस्था विभागको सो निर्णय ४÷५ घण्टा पनि टिकेन । अर्थात् विभागले ४÷५ घण्टामै आप्mनो निर्णय फिर्ता लिन वाध्य भएको थियो । 

ऊ बेला यातायात व्यवस्था विभागले तोकेको भाडा दरमा हालसम्म पनि काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधन धनी÷चालक÷सहचालकहरुले १३  रुपैँया लिनपर्ने ठाऊँमा चानचुन पैसा छैन ! भनी यात्रुहरुबाट १५ रुपैँया लिँदा अर्थात् फिर्ता दिनुपर्ने २ रुपैँया पैसा फिर्ता नदिएरै कसरी दैनिक करोडौं कमाउँछन् त ? भनी यहाँ सर्वसाधारण महानुभावहरुलाई जानकारी दिने प्रयास गरिएको छ ।

विसं २०७४, चैत ७ मा ‘क्लिकमाण्डु अनलाइन’मा प्रकाशित एक फिचर÷लेखमा उल्लेख भएअनुसार त्यो बेला काठमाण्डौ उपत्यकामा मात्रै ८९ हजार ५ सय वटा सार्वजनिक  यातायातका विभिन्न सवारी साधनहरु चल्थे । 

त्यसरी काठमाण्डौ उपत्यकामा त्यो बेला दैनिक रुपमा चल्ने ८९ हजार ५ सय सय वटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनहरुले एक पटकमा २२ लाख ३७ हजार ५ सय यात्रु बोक्थे । एक दिनमा तीनपटक मात्रै ओहोरदोहोर गर्दा पनि ६७ लाख १२ हजार ५ सय यात्रु बोक्थे । 

यसरी हेर्दा एकजना यात्रु बराबर २ रुपैँया मात्रै फिर्ता नगर्दा पनि सार्वजनिक यातायातका धनीहरुले एक पटकमा १ करोड ३४ लाख २५ हजारभन्दा बढी अवैद्य ढंगले कमाउथे । त्यसमा २० प्रतिशत यात्रुलाई विद्यार्थी मान्दा पनि सार्वजनिक यातायातका धनीहरुले एक दिनमा करोडभन्दा बढी नै कमाएको देखिन्छ । आजभोलि अझ सार्वजनिक यातायातको साधनको संख्या पनि बढेकै होला ।  

हुन त धेरै जसो यात्रुहरु सचेत छन् ! त्यसैले उनीहरुले आपूmले पाउनुपर्ने फिर्ता पैसा सवारी साधन धनी÷चालक÷सहचालकहरुसँग माग्छन् नै । तर, अधिकांश सवारी साधन धनी÷चालक÷सहचालकहरुले चानचुन पैसा छैन ! भनी आप्mना यात्रुहरुलाई २ रुपैँया फिर्ता नदिएरै पठाउँछन् ।

त्यसैले देशमा रहेका विभिन्न उपभोक्ता समिति, बुद्धिजीवीहरु, सचेत यात्रुहरु र स्वयम् काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधन धनी÷चालक÷सहचालकहरुले पनि यस विषयमा बहस र छलफल गरेर न्युनतम १३ रुपैँया मात्रै लिने व्यवस्था गर्नका लागि चानचुन पैसाको जोहो सवारी धनीहरुले नै गर्नुपर्ने व्यवस्था लागू गर्ने हो कि ? वा भलाद्मी बनेर २ रुपैँया बढी तिरिरहने ? यस विषयमा सर्वसाधारण यात्रुहरु र उपभोक्ता समितिहरुले चासो लिनैपर्ने देखिन्छ । 
आगे जो मर्जी, जो हुकूम !

–ninamkirat123@gmail.com

०१४६२०२००,  ९८४९९८५९९७,  ९८६२४३६०४९

0 comments

Write Down Your Responses