Powered by Blogger.
डुवानमा परेकाहरुको उद्वार



काठमाडौं । सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका ४ स्थित ऐरी चोकमा अविरल वर्षाको कारण आएको बाढिले डुवानमा परेका ४ जनाको एपीएफ टोलीले साउन ८ गते सकूशल उद्वार गरेको छ ।

सोही ठाउँमा रहेको तिनवटा घर डुवानमा परेको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४८ गुल्म हेक्वा सुर्खेतबाट सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले त्यसठाउँबाट ४ जनालाई उद्वार गरेको हो ।

यसैगरी झापा जिल्लाको शिवसतासी नगरपालिका १० सुकुम्वासी बस्तीमा कन्काई खोलाले कटान गर्दा सोही ठाउँ बस्ने खड्गबहादुर तामाङ्गको घर जोखिममा परेपछि उक्त घरमा भएका सामान तथा चौपायाहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गुल्म हेडक्वाटर झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
 

0 comments

Write Down Your Responses