Powered by Blogger.
‘अछुत जून‘ र ‘मनको पहिरो’ एकसाथ लोकार्पण



काठमाडौं । कवि रुवि सत्यालको कविताकृती ‘अछुत जून‘ र मुक्तककार देवेन्द्र केसी देवुको मुक्तककृति ‘मनको पहिरो‘ एकसाथ लोकार्पण गरिएका छन् ।

लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले आफ्नो भनाई राख्दै रुविका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको उद्घाटन गरिएको बताउनुभयो ।

पौड्यालले देवुका मुक्तक समयको बिम्ब रहेको र मुक्तकमा समकालीन जीवन भोगाइका चित्र समेटिएको भनाइ राख्नुभयो।

लोकार्पण कार्यक्रममा साहित्यकार घनेन्द्र ओझाले देवुका मुक्तकमा समकालीन नेपाली समाजको चित्रण गरिएको धारणा राख्नुभएको थियो । ओझाले वर्तमानका थिती, बेथिती, आरोह अवरोह, दुस्ख सुख आदि मुक्तकका विषय बनेको उल्लेख गर्नुभयो । रुविका कवितामा मानवीय संवेदना र राष्ट्रप्रेम प्रबल रहेको ओझाको भनाई थियो ।

कार्यक्रममा गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा र साहित्यकार भोजराज घिमिरेले दुवै स्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गङ्गाप्रसाद उप्रेतीले दुवै स्रष्टाका रचनाको स्वर सामाजिक, राजनीतिक रूपान्तरण रहेको धारणा राखे । कार्यक्रम साहित्यकार डा. विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न भएको थियो।

मुक्तककृती मनको पहिरो कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो भने अछुत जून कविता संग्रह एडीबी पब्लिकेशनले बजारमा ल्याएको हो ।



0 comments

Write Down Your Responses