Powered by Blogger.
सचिनको स्मृतिमा छात्रवृत्ति वितरण


मकवानपुर । पालुङ युवा समाजले सचिन श्रेष्ठ स्मृति दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा स्थापना भएको समाजले वर्षेनी गर्दै आएको कार्यक्रमलाई यसपालि पनि निरन्तरता दिएको हो ।

छात्रवृत्ति वितरणका अवसरमा वृद्धवृद्धा सम्मान पनि भएको समाजका अध्यक्ष विजयविक्रम श्रेष्ठले जानकारी दिए ।

थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष नितेश प्रधानले गरेका थिए ।

कार्यक्रम वडा कार्यलयको सभाहल पालुङमा भएको हो । प्रमोद श्रेष्ठले संचालन गरेको कार्यक्रममा राजु नापित, श्याभक्त श्रेष्ठ, दिपेन्द्र प्रधान, जंगली राजकुमार श्रेष्ठ, राजेश श्रेष्ठ तथा निरञ्जन श्रेष्ठको आतिथ्यता रहेको थियो ।

वैदेशिक रोजगारीको क्रममा कोरियामा मृत्यु भएका सचिन श्रेष्ठको स्मृतिमा पालुङ युवा समाजले स्थापना गरेको छात्रवृत्ति कोषबाट वर्षेनी आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसवर्षको छात्रवृत्ति साविक पालुङ वडा नंं ६ का पवन श्रेष्ठ, कशिस श्रेष्ठ र संगिता श्रेष्ठले पाएका छन् ।

समाजले ज्येष्ठ नागरिकहरुको योगदानको कदर गर्दै यस वर्षबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि संचालन गरेको छ । समाजले यस वर्ष साविक पालुङ ६ का अष्टमान श्रेष्ठ, गोपाल श्रेष्ठ र माया श्रेष्ठलाई सम्मान गरेको समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

0 comments

Write Down Your Responses