Powered by Blogger.
समाजमा चाड पर्वको नाममा विकृती बढ्दै गएकोमा संविधानसभा सदस्य बुढाथोकीको चिन्ता


काठमाडौं । पश्चिम नवलपरासीमा पार्टी प्यालेस र महंगा होटेलहरु बढ्दो क्रममा रहेपनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारि जिल्लाका आमा समुहहरुले मर्यादित र उदाहरणीय रुपले दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । 

जिल्लाको बर्दघाट, सुनवल र रामग्राम नगरपालिका लगायत क्षेत्रहरुमा ठुला–ठुला पार्टी प्यालेस र सेमिनार हल हुँदा हँुदै यस क्षेत्रका आमा समुहहरुले भने प्रकृतीकै मनोरम वातावरणमा दर खाने कार्यक्रमहरु गरेका हुन् ।

तीजको अवसर पारि जागृती आमा समुह बर्दघाट २ चिसापानीको आयोजनामा तीज शुभकामना, दर खाने कार्यक्रम एवं तीज गीत कार्यक्रम मंगलबार बर्दघाट २ चिसापानी ब्लक नम्बर ४ को खेल मैदानमा सम्पन्न भएको छ । 



समुहकी अध्यक्ष गिता थापा क्षेत्रीको अध्यक्षता तथा सविंधान सभा सदस्य सिन्धु जलेशा बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जलेशाले अहिले समाजमा चाड पर्वको नाममा विकृती बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै हाम्रा सन्ततीहरुलाई नेपाली मौलिकपन सिकाई राख्न परापुर्वकालदेखी चल्दै आएका रीतिरिवाजलाई सरक्षण गर्नुपर्ने बताउनुभयो ।

टोल–समाजमा गठन भएका संघ सस्था, क्लब, आमा समुहहरु लगायतले नेपाली मौलिकता झल्किने खालका कार्यक्रमहरुमा  जोड दिँदै सस्कृती सरक्षणमा लाग्नुपर्ने संविधान सभा सदस्य  बुढाथोकीको धारणा थियो ।

 समुहका सम्पुर्ण सदस्य, टोल छिमेकका आमा, दिदि, बहिनीहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाली मौलिकता झल्किने खालका तीज गित प्रस्तुत गर्नुका साथै कुनै तडक–भडक नगरि मर्यादित ढंगले समुहका सदस्यहरुद्धारा खाना तयार गरी दर खानुका साथै समुहको आफ्नै पोशाकमा सबैजना उपस्थित रहेका थिए ।

कार्यक्रममा अन्य क्षेत्रमा तडक भडकका साथ चाडपर्व मनाइरहदा यस समुहले त्यस्तो कुनै गतिविधि नगरि समाजमा रहेका हरेक दलित, गरिब, पिछडावर्ग सबैलाई समेटी सामुहिक भावनाका साथ खुशियाली साटासाट गर्न र शुभकामना आदान प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको समुहकी अध्यक्ष गिता थापा क्षेत्रीले बताउनुभयो । 

त्यस्तै, नव जागृती महिला समुह बर्दघाट १२ बढकी भटौलियाले दरखाने कार्यक्रम सम्पन्न गरेको छ । समुहकी अध्यक्ष अम्बिका सुवेदीको अध्यक्षता तथा संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

सो कार्यक्रममा बोल्दै परम्परागत रुपमा तिज पर्व दुख पोख्ने चाडको रुपमा रहेको बताउँदै पिडा–वेदना अभिव्यक्त गर्न तिज नै आवश्यक पर्ने अवस्था नरहेको बुढाथोकीले बताउनुभयो ।  परिवर्तित समय संगै नेपाली धर्म संस्कृतिले क्षेप्यास्त्र प्रहार गरेको बताउदै धार्मिक मौलिकता हराउदै गएको गुनासो गर्नु भएको थियो । 

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा रहनु भएकी बर्दघाट नगरपालिका उप प्रमुख माया देवि पौड्यलले तिजमा हुने गरेका भड्किलोपना लाई छाडेर संन्देशमुलक र परम्परागत तिजको रुपमा लिनको लागि अनुरोध गर्नु भएको थियो । 



साथै उहाँले देशमा आएको आमुल परिवर्तन आर्थिक, सामाजिक, राजनितिकरुपमा आएको परिवर्तमा महिलाको महत्वपूर्ण भुमिकारहेता पनि विभिन्न तह र तप्कामा पुगेका महिलाहरुले आफनो अधिकारको प्रयोग गर्न नपाएको प्रस्ट्याउनु भएको थियो । 

कार्यत्रमममा अतिथिको रुपमा बर्दघाट नगरपालिका बडा नं. २ की वडा अध्यक्ष दया दर्लामी मगर, अतिथिको रुपमा वडा नं. १२ का बडा सदस्य गिता विक, प्रतिमा चौधरी, बडा नं. ३ का वडा सदस्य दिपा सारु मगर लगायतको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses