Powered by Blogger.
शेर्पा संघमा गेल्जे लामा


काठमाडौं । नेपाल शेर्पा संघको छैठौं अधिवेशनबाट गेल्जे लामा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । 

गणतान्त्रिक मुलुकमा यो संगठनमा सर्वसम्मतबाट अध्यक्ष पद चयन हुनु एव उदाहारणीय कार्य भएको बताइन्छ । 
निर्माण व्यवसायी गेल्जे लामा समाजसेवी हुनुको साथै शेर्पा समुदायको उत्थानमा उल्लेखनीय कार्य गरेकोले उनी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ । 

नेपाल शेर्पा संघको भवन निर्माणमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेका लामाले संस्थाप्रति देखाएको अगाध स्नेह तथा लगानशिलताको उच्च सम्मान गर्दै उनलाई सर्वसम्मत चयन गरिएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको उक्त छैठौं महाधिवेशनबाट अध्यक्ष गेल्जेको नेतृत्वमा ६५ सदस्यीय कार्य समिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा ड्याङ शोनाम शेर्पा र महासचिवमा ल्हाक्पा शेर्पा चयन भएका छन् । महाधिवेशन अघि धर्म गुरु ठूल्सिक रिन्पोछेले संघको नयाँ भवनको उद्घाटन गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses