Powered by Blogger.
प्रचुर पर्यटकीय संभावना बोकेको कुलेखानी


विश्वमा एक मात्र सगरमाथा भएको देश भनेर  चिनिएको मेरो प्यारो देश नेपाल । त्यती मात्र होइन, गौतम वुद्ध शान्तिका अग्रदुत भनेर चिनिएको मेरो देश  । 

अझ अर्को रोचक कुरा त नेपाल प्राकृतिक  सुन्दरताले भरिपुर्ण रहेको छ । नेपाल अति नै सुन्दरताले भरिपुर्ण भएको देशका रुपमा चिर परिचीत भैरहेको छ  । 

कहिले पोखराको माध्यमबाट त कहिले रारा तालबाट  । कहिले सगरमाथाबाट त कहिले सेफोक्सुन्डु ताल बाट । यस्तै प्राकृतिक सुन्दरताबाट मेरो देश बिश्व सामु चिनिँदैछ । 

त्यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ काठमाडौ उपत्यकाबाट  ४५ किलो मिटर टाढा मकवानपुर जिल्ला नारायणी  अञ्चल स्थित ३ नम्मर प्रदेशमा रहेकोे कुलेखानी–मार्खु  हो । 

कुलेखानी साच्चै नै प्राकृतिक सुन्दरताले भरिपुर्ण रहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा पर्याप्त स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने संभावना बोकेको स्थान हो कुलेखानी । 

कुलेखानी मार्खु बिद्युत आयोजना समेत छ ।  करिब ६० मेगावाट बिद्युत उत्पादन गर्न सरकार समेत लागि परेको छ । चारैतिर पोखरी जमाएर प्राकृतिक सुन्दरताले भरिपुर्ण पारिएको कुलेखानिमा मनोरम सुन्दरता छ ।  त्यती मात्र नभइ हिम श्रुङ्खला, ताल, नदी र अति नै सुन्दर गाउँ समेत देख्न पाइन्छ । 

यस ठाँउमा घुम्न आउने पर्यटकलाई डुङ्गामा शयर गराउने समेत ब्यबस्था रहेको छ । यसमा सरकारले अलि राम्रो निगरानी गर्नु आवश्यक छ ।  यस ठाँउमा आउनका लागि अलि राम्रो बाटोको ब्यबस्थापन गरिदिए राम्रो हुनेथियो ।  



पोखराको रारा ताल ,फोक्सुन्डो ताल जस्तै गरि  संभाव्यता भएको तर काठमाडौंदेखि नजिकको ठाउमा रहेको कुलेखानीलाई पर्यटकीय स्थलका रुपमा  लिन सके त्यस ठाउमा अझ केही बिकाश हुन्थो  । भ्रमण वर्षमा विदेशी पर्यटक पनि त्यहा बाटै अरु ठाउँ घुम्न निस्किनेछन् । 

काठमाडौबाट नजिक र पर्यटकीय संभावना प्रचुर भएको कुलेखानीमा  आगामी दिनमा बाटो तथा अन्य पुर्वाधारहरु बन्नेछ । पर्यटकको ओइरो लाग्नेछ । 

पर्यटक भित्र्याउन आवश्यक पुर्वाधार र अन्य सहयोगी भूमिका निर्वााह गर्नु स्थानीय, प्रदेश र केन्द्रीय सरकारको दायित्व हो ।

–दिनेशराज शिवाकोटी (प्रशिक्षार्थी पत्रकार)



0 comments

Write Down Your Responses