Powered by Blogger.
वडाका कमरेडहरुलाई नेकपाको सपथ


रामेछाप । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मन्थली नगर कमिटी अन्तर्गत १३ नं वडाको वडा कमिटीका सदस्यहरुलाई सपथ गराइएको छ । 

गत शुक्रबार आयोजित भव्य कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो । 

कार्यक्रममा नेकपा मन्थली नगर कमिटी अध्यक्ष कृष्णहरि अधिकारी,  नगर कमिटीका सचिव दीपक प्रसाँइ, जिल्ला कमिटी सदस्य उद्धव रम्तेल, रामबहादुर तामाङ, १३ नं वडा कार्यालय सदस्य तथा समाजसेवी एवं व्यवसायी राजेन्द्र अधिकारी लगायतको सहभागिता थियो ।

वडा अध्यक्ष बाबुराम पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सदस्य जानसिंह अधिकारी, श्री अनाश्रित बालवालिका उत्थान केन्द्र नेपालका अध्यक्ष तथा पुर्व वाइसीयल नेता एवं समाजसेवी कृष्ण शिवाकोटी, वडा सदस्यहरु तिर्थराज खत्री, राजकुमार बुढाथोकी, कल्पना बोहोरा, केशर बहादुर तामाङ, दलबहादुर अधिकारी, कैलाश चौहान लगायतको सहभागीता थियो । 

वडा सचिव राजेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा २९ सदस्यीय वडा कमिटीका सदस्यहरुलाई सपथ गराइएको हो । साथै सोही दिन ७ सदस्यीय वडा सचिवालय समेत घोषणा गरिएको छ ।  

नेकपाको एकतापछिको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको र यसले वडादेखि टोलसंग एकिकृत संगठन निर्माणका लागि उर्जा थपिएको सम्पर्क मञ्चका पुर्व वडा इन्चार्ज तथा वडा कमिटी सदस्य राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

0 comments

Write Down Your Responses