Powered by Blogger.
मकवानपुमा पहिलो पटक 'लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प'हुँदै

मकवानपुर / पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने र युवालाई पर्यटन उद्यमी बनाउने मुख्य उद्देश्य राखेर लियो जिल्ला परिषद् ३२५ बि २ नेपालले मकवानपुरमा लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प गर्ने भएको छ । हरेक बर्ष विभिन्न स्थानमा गर्दै आईरहेको यूथ क्याम्प यस बर्ष आगामी माघ १६ गते देखि १९ गते सम्म मकवानपुरमा गर्न लागेको हो ।  
आज हेटौडामा नयाँ बर्षको शुभकामना तथा युथ क्याम्पको लोगो उद्घाटन गर्दै युथ क्याम्प मकवानपुरमा गर्न लागेको लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक तथा यस कार्यक्रमको संयोजक अनिल अधिकारीले बताउनु भयो ।  
नयाँ बर्षको शुभकामना तथा युथ क्याम्पको लोगो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका प्रथम उपाध्यक्ष शम्भु नकर्मीले मकवानपुरमा लियोहरुले यूथ क्याम्प गर्नु भनेको लियोको सान बढाउनु भएको बताउनु भयो । लियोले विगत देखि नै समाज प्रति पुर्याएको योगदान नजिकबाट हेरेको भन्दै यस क्याम्पले पर्यटन प्रर्बद्धनमा ठुलो टेवा पुग्ने बताउनु भयो । हेटौडाले नेतृत्व गर्ने अवसर पाएको भन्दै यस कार्यक्रमलाई सबै मिलेर सुसम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो । लायन्सको तर्फबाट सक्दो सहयोग हुने बताउदै नयाँ बर्ष तथा कार्यक्रमको शुभकामना समेत दिनु भएको थियो ।  
त्यस्तै कार्यक्रममा लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्ट्रिक चिफ तथा कार्यक्रमको विशिष्ट अथिति कृष्णराम न्यौपानेले लियोले मकवानपुरमा यूथ क्याम्प गर्नु लियोे इतिहाँसमा ठुलो उपलब्धी हाँसिल गर्नु भएको बताउनु भयो । उहाँले आफु लियोमा बस्न नपाएको भन्दै लियोले गरेको कार्य समाजमा फलदायि भएको बताउदैँ यस्तो पवित्र कामको लागि सक्दो सहयोग हुने बताउनु भयो ।  
त्यस्तै कार्यक्रममा लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका जोन चियर्स प्रर्शन किशोर टन्डनले हरेक कार्य गर्नको लागि चुनौती हुने भन्दै चुनौतिलाई सामना गर्दै यस कार्यक्रम सफल बनाउनको लागि शुभकामना दिनु भयो । उहाँले सबैले आफ्नोे कार्यक्रम सम्झेर साथ सहयोग गर्नको लागि आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले यस कार्यक्रमको लागि सबैले तन, मन र धन सहयोग गरिे लियोको गरिमा बढाउन आग्रह समेत गर्नु भयो ।  
यस्तै अर्का लायन्स क्लव मुक्तिनाथका पुर्व अध्यक्ष तथा लायन्सका कोर्अडिनेटर बिकेश लाल क्षेष्ठले नयाँ बर्षको शुभकामना दिदैँ युथ क्यामको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफुले संचालन गरेको कफि हाउस सहयोगि पार्नर बन्ने बताउनु भयो । हेटौंडाको बिशेष कार्यक्रम भएको भन्दै सबैले साथ दिनको लागि समेत आग्रह गर्नु भयो ।  

लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन चियर प्रर्सन शुसान्त खतिवडाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । उहाँले लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको मुख्य आयोजना र रिजन २ को संयोजनमा हुने बताउनु भयो । पहिलो पटक रिजन २ ले यति ठुलो कार्यक्रम गर्ने अवसर पाएको भन्दै नेपालको पर्यटकीय नगरी मकवानपुरमा एकै चोटी सयौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको बताउनु भयो ।  

मकवानपुरको सुन्दर नगरी हेटौडा,मकवानपुरको उत्तरी थाहाको दामन, पालुङ्ग, बज्रबाराहि, चित्लाङ्ग, इन्द्रसरोबर गाउँपालिकाको मार्खु कुलेखानी लगायत क्षेत्रको भ्रमण गर्ने संयोजक अनिल अधिकारीले बताउनु भयो । उहाँले लियोले बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरेको बताउनु भयो । नेपालमा पनि प्रत्येक वर्ष सामाजिक रुपान्तरण र नेपालको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक तथा सन्देशमुल कार्यक्रम लियोले गर्दै आएको बताउनु भयो ।  

विभिन्न समिति गठन 
आगामी माग १६ गते देखि १९ गते सम्म हुने फ्रेन्सिफ ईन्टरनेश्नल युथ क्यामको लागि अनिल अधिकारी,शुसान्त खतिवडा र राजन श्रेष्ठ गरि ३ सदस्यीय संयोजक रहने गरि ७ उप समिति गठन गरेको छ । प्रायोजक एरेजमेन्ट तर्फ अनिल अधिकारी,राजन श्रेष्ठ र शुसान्त खतिवडा, आर्थिक व्यवस्थापन तर्फ राहुल जालान, अस्मिता अर्याल र पृथ्वी नेपाल, ट्रभल म्यानेजमेन्ट तर्फ कृशु दराई र सन्तोश बस्याल, आतिथि सत्कार तर्फ सकार शिवाकोटि र अस्मिता अर्याल, मिडिया तथा विज्ञापन तर्फ रुपक कालिराज,सहनशिला ढकाल र गणेश दुलाल , कार्यक्रम –कार्यशाला  र व्यवस्थापन तर्फ रुपक कालिराज, मेनुका ब्लोन र रिजन सापकोटा र खेलकुद र मनोरञ्जन तर्फ बिबेक उप्रेति र गोकुल लम्साल चयन गरेको छ । भने सल्लाहकारमा सुवास न्यौपाने, पर्मेश्वार पौडेल, सौरव अधिकारी र विस्वास पराजुली चयन गरेको छ ।  

0 comments

Write Down Your Responses