Powered by Blogger.
पत्रकार भुषालको जन्मदिनमा बालबालिका आश्रयममा खुसियाली


काठमाडौँ । पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरि दुःखी गरिव र बेसाहराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ ।  

विभिन्न आश्रम, विद्यालय, तथा सडकमा जीवन काटिरहेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सहयोग गर्न थालिएको हो ।

जन्मदिनको दिन गरिव जहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, आश्रममा पुगी खाना खुवाउने तथा लत्ताकपडा वितरण गर्ने प्रचलन बढेर गएको छ । विभिन्न अवसर पारी दाताहरुले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकहरुले सहज महसुस हुन थालेको छन् । 

पत्रकार दिपक भुसालले जन्मदिन पारेर काठमाडौँको कागेश्वरी मनोहरा ७ मा फ्युचर होप नेपालले सञ्चालन गरेको बालआश्रममा पुगी बालबालिकालाई खाना खुवाउनु भएको छ । 

आश्रममा २३ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।  सबैले होप एजुकेश्नल एकेडेमिमा पढ्छन् । एकेडेमीले पचास प्रतिशत छुटमा बालबालिका पढाइरहेको छ । 

आश्रमले विद्यालयलाई बुझाउने एक महिनाको  शुल्कको पचास प्रतिशत रकम समेत व्यहोर्ने भुसालले बताउनुभयो । “मैले १० वर्ष देखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो  गर्दै आएको थिएँ ” उहाँले भन्नुभयो, “यो वर्ष कुनै अनावश्यक खर्च नगरि सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ । ”

उहाँले प्रत्येक वर्ष समाजिक क्षेत्रमा लगानी गरेर जन्म दिन मनाउने बताउनुभयो । “सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोहि पनि अभावमा बाच्नु पर्दैन” उहाँले भन्नुभयो । 

फ्युचर होप नेपालका अध्यक्ष रिता सिवाकोटीले बुवा आमाले गरेको समाजसेवाबाट प्रभावित भएर आश्रम सञ्चालन गरेको बताउनुभयो । “बुवाआमा  धार्मिक हुनुहुन्थ्यो” उहाँले भन्नुभयो,  “बुवाआमाले दुखी गरिवलाई गरेको सहयोगबाट प्रभावित भएर म पनि समाजिक काममा लागेँ ।” “आफ्नो लागि, आफ्ना बालबच्चाको लागि र आफ्नो परिवारको लागि गर्नु कुनै ठूलो विषय होइन” उहाँले थप्नुभयो, “जस्ले अरुका लागि गर्छ उ नै महान हो ।”

 उहाँले बालबालिकाका लागि चाहिने शैक्षिक सामग्री र खाद्यान्नको अभाव नरहेपनि रकम अभावका कारण  विद्यालयमा शुल्क बुझाउन मुस्किल परिहेको बताउनुभयो । 

जन्मदिन मनाउने कार्यक्रममा प्रेस संगठनका उपत्यका समिति सहसंयोजक प्रकाश सिलवाल, उपत्यका प्रदेश समिति सदस्य मुकुन्द भुषाल, अर्जुन भुषाल लगायत सहभागी थिए । 



0 comments

Write Down Your Responses