Powered by Blogger.
कयौं दुख कष्ट सहेर सगरमाथाको टुप्पोमा पुगेपछि विश्व जितेको जस्तो अनुभव हुन्छ


विजय घिमिरे
सगरमाथा आरोही

विश्वको सबै भन्दा उच्च शिर सगरमाथा हो । तर त्यहाँ पुग्न त्यति सजिलो छैन्, मृत्युसँग लड्नु पर्छ । अनि जित्न पनि । दुई पटक सगरमाथाको सफल आरोण गरिसकेका आरोही बिजय घिमिरेसँग सगरमाथा पुग्न कतिको गाह्रो छ ? तपाईले सगरमाथा पुग्ने सोच कसरी बनाउनु भो ?  लगायतका विषयमा केन्द्रीत रही दामन पोष्टले लामो कुराकानी गरेको छ ।  प्रस्तुत छ कुराकानीका केही अंशहरुः 

विश्वको सर्वोच्च शिखर सगरमाथा दोस्रो पटक चढेर फर्कनु भो ? कस्तो रह्यो अनुभव बताई दिनुस् न ?

मैले पहिलो सगरमाथाको यात्रा २०१७ मा गरेको हुँ । त्यसपछि २०१९ मा पनि भगवानको कृपाले सफल यात्रा गरेर फर्केको छु । सगरमाथाको यात्रा एकदमै गाह्रो हो । मृत्युसँग जुघेर यात्रा गर्नु पर्नुपर्छ ।

तपाईको बाल्यकाल कसरी बित्यो ?

मेरो घर सोलुखुम्बु  जिल्ला, दुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा पर्छ । म एउटा सामान्य किसानको छोरा हो । कृषि काम गर्दै म हुकेको हुँ । कुखुरा हेर्ने, बाख्रा पाठा गाईगोरु हेर्दै बाल्यकाल बित्यो । 

म विद्यालय जान थालेपछि  पनि सामान्य परिवारमा म जन्मेकोले विहान बेलुका घरको काम गर्ने  र दिँउसो तिर विद्यालय जाने हो । यस्तो गर्दा गर्दै ७÷८ वर्षको भइसक्दासम्म पनि म गोठालो नै थिए । हाम्रो घरमा गाईगोरु धेरै थिए ।  साथै हामी किसानको छोरा समय अनुसार कृषि गर्नु पर्ने । त्यो गर्दागर्दै बाल्यकाल बित्दै गयो । 

अनि अण्डर एसएलसी पनि मैले गाउँकै विद्यालयबाट गरे । त्यसपछि मलाई घरमा बस्न मन लागेन । आजपनि गाई चरा, भोली पनि गाई चरा भन्ने परिवारले अनि मलाई वाक्क दिक्क लाग्न थाल्यो । हामी सगरमाथाको फेदमा रहेकाले पनि गाउँमा टे«किङ जाने चलन थियो । फलानो टे«किङ गयो । यति पैसा कमायो भन्ने कुरा गाउँमा भइरहने । हामीलाई पनि पैसाको समस्या भइरहने ।  

अनि जब मेरो १५÷१६ वर्षको उमेर भयो । त्यस पछि हामी ४ जनाको टीम बनाएर घरबाट भाग्ने योजना ग¥यौं । घरमा आमाले पैसा राख्ने ठाउँ थाहा थियो । अनि त्यहाँबाट आमालाई थाहा नहुने गरि ५ सय  रुपैंया झिकियो । अनि त्यहाँबाट भागियो । 

म सँग पैसा छ तर अरु साथी सँग पैसा नै रहेनछ । कसैले आलु ल्याएको छ । कसैले चामल ल्याएको छ, बाटोको भाडा मेरो पैसाले तिर्दै खाना चाहि त्यहि आलु चालम खादैँ  ३ दिनको यात्रा पछि लुक्ला पुगियो । मान्छे पनि चिनेको छैन । त्यपछि होटलमा जुठा भाडा माझ्न शुरु गरियो ।



अनि महीनाको तीन हजार दिएको थियो । होटलमा भाडा माझदैँ दाउरा ल्याउदै दिन बित्दै गयो । ३ महिना जति भइसक्यो तर घरको मान्छेलाई थाहा छैन । छोरा कहाँ छ भनेर ।  त्यतिबेला फोन थिएन । अनि चिठ्ठी लेखियो । हुलाकबाट घर पठाइयो । अनि केहि दिनपछि हुलाकीले चिठ्ठी घरमा आमालाई दिएछ । अनि घरबाट पनि आमाले चिठ्ठी पठाउनु भयो । 

‘घरबाट ननिकिस्नु थियो । अब निस्किहालिस् । तेरो पीडाले हामी छट्पटाई रहेका थियौ । अब आफनो ख्याल गर्नु’ भनेर लेख्नु भएको थियो । अनि एक चोटी त के सोचे भने अब घर जान प¥यो ।

अनि के गर्नु भयो, घर फिर्ता हुनु भो कि त्यतै बस्तु भो ?

होइन, घर सोचे मात्र  । तर घर गएन । त्यहि बसेर होटलमा काम गर्दै गयो । अलि पैसा कमाउदै घर कम पठाउदै, केहि रकम चाहि आफुलाई खर्च राख्थे ।

सामान्य परिवारमा जन्मेको मान्छे, आर्थिक अवस्था कमजोर मान्छे, अनि हिमाल चढ्ने सपना कसरी देख्नु भो ? 

मेरो उमेर १७ वर्ष पुगेपछि म भारि बोक्न सक्ने भइसकेको थिए । सौभाग्य , मैले ट्रेकिङमा भारि बोक्ने काम पाए । अनि म भारी बोकेर १० दिनमा पाँच हजार किलोमिटरसम्म पुगे, दुर्भाग्य सिनियर ट्रेकरले मलाई त्यहिबाट फकाई दिए । मलाई धेरै पीडा भयो । 

अनि लुक्लामा आए । त्यसपछि टुरमा आएका कन्ट्रक्सनको लागि खाना बनाउने काम थालें । उमेर पनि १८ वर्ष पुग्यो, जवान जस्तो भए, अनि ट्रेकिङमा भारि बोक्न फेरी गएँ । एक कम्पनीको गार्डले मलाई सानो उमेरको लुम्रे झुम्रे लुगा च्यातिएको देखेर माया लागेको रहेछ । 

अनि उहाँले मलाई दुईवर्ष सिजन सिजनमा धेरै काम दिनु भो । यहाँका गेस्टको भारि बोकेर म हिडिदिने गर्न थाले । अनि त्यसरी नै २ वर्ष बित्यो ।

त्यपछि म २० वर्षको पनि पुगे । कन्ट्रक्सनको खाना बनाउदा बनाउदै मैले सिप सिके, अनि त्यहाँबाट म सिपतर्फ लागे, फर्निचरबाट कन्ट्रक्सनको सामग्री बनाउने सक्षम  भए । अनि त्यसपछि म सिजनमा ट्रेकिङ काम गर्ने अन्य समयमा मिस्त्री काम  गर्दै दिनहरु बिताए ।



 अनि मान्छेहरुले मलाई चिन्दै पनि गए । यो मान्छेले राम्रो काम गर्छ यसलाई नै काम दिनु पर्छ भन्दै काम दिन थाले अनि म पनि दिन रात नभनि काम गर्न थाले, पैसा पनि हल्का जम्मा भो । अनि म त्यहाँबाट अझै सिप सिक्न सोलुबाट ५ दिनको बाटो हिडेर काठमाडौँ आए । विदेश जाने चक्करमा लागें । 

बा आमाले पनि मलाई विदेश पठाउने सोचमा हुनु हँुदो रहेछ । तर पछि मलाई विदेश जान मोड चलेन । सुकेधारामा एउटा फर्निचर थियो । म त्यहि बसे । महीनाको ३ हजारमा काम गरे । काम गर्दा गर्दै मेरो मनमा एउटा कुराको जन्म भयो । अब मैले नेपालमै केहि गर्नु पर्छभन्ने सोचे । यहाँ बस्दा बस्दै मैले एक ट्रेकिङ भेटें ।  तुमलिङ टारबाट मेहेराट्रेकलाबाट हिमाल चढ्ने ग्रुप भेटे । त्यहि ग्रुपसंग हिंडे । त्यसपछि लुक्ला आएर ट्रिप सिधियो । त्यपछि मलाई काठमाडौँ आउन मनै लागेन । 

सिप छ, यहाँ बसेर म महीनाको ६ हजार मज्जाले कमाउन सक्छु । अनि दुई वर्ष त्यहाँबाट कन्दि भन्ने हिमालको फेदमा बसेर काम गरे, त्यहाँ एक कम्पनीले यो मान्छेले राम्रो काम गर्दाे रहेछ खाना पनि राम्रो बनाउछ भन्यो । अनि बेस क्यापको कुकमा जान्छौ भन्यो ।

 मैले सोचे यो भन्दा त ठुलो मेरो जिन्दगीमा अरु के होला । मैले २ महीना निशुल्क काम गरि दिए । विदेशीहरुलाई खाना बनाई दिने, त्यतै बस्ने–खाने । अनि अर्काे कुरा टुरिजम क्षेत्रमा अहिलेसम्म शेर्पाहरु मात्र भेटिन्छन् । अरुले किन गर्न सक्दैन्  भनेर सोचे । 

मैले सगरमाथा चढ्न नसकेपनि मैले यो क्षेत्रको लागि केहि योगदान गर्नु पर्छ भन्ने कुरा मेरो मनमा खेलि रह्यो । म काममा निरन्तर लागि रहे । त्यहिबाट मलाई सगरमाथा चढ्ने मोड चढ्यो । टे«किङमा लगातार लागे । अनि २०७२ सालमा मैले सगरमाथाको टपमा राष्ट्रिय झण्डा फरफराउने, खुकुरी टल्काउने शुरु चल्यो । सगरमाथा पुग्न त धेरै पैसा खर्च हुन्छ । अनि मैले पहिलादेखि काम गरेको पैसा, र अन्य पैसा बाबा आमाले सहयोग गरें । 

अनि मैले काठमाडौँ आएर सगरमाथा चढ्दै छु भनेर घोषण गरे । काठमाडौँबाट हिंडे । १० दिनको हिडाई पछि बेस क्याप पुगे । क्याम्पमा हिउँ खनेर १५ दिनमा क्याम्प बनाउने काम सकियो । १५ दिनको पीडाको के कुरा गरौं ।  हात खुट्टा अनुहार पुरै डढेको थियो । अनि क्याम्प २ सम्मको बाटो पनि तयारी भयो । तर दुर्भाग्य लास्टमा गएर बैशाख १२ मा ड्याङगै भूकम्प आइदियो । 



बेस क्याम्पमै २२ जनाको मृत्यु भयो । ६१ जना घाइते भए । अनि म त्यहाँबाट मलिन अनुहारमा फर्किए । मैले कति वर्षदेखि योजना बनाएको र थोपाथोपा जम्मा गरेको पैसा जम्मै स्वाह भयो । तर पैसा त स्वाह भयो म भएको छैन् नि ! एक दिन आवश्य पनि बिजय घिमिरे सगरमाथाको टपमा पुग्छ भन्ने सोचेर फेरी योजना बनाए । सँगै गएका साथीहरुको मृत्यु भो ! म त जीवित छु नि,  एक दिन चढेरै छोड्छु  भनेर सोचे अनि  घर फर्के ।

अनि त्यपछि सगरमाथा चढ्ने सोच मार्ने भो कि के गर्नु भो ?

कहाँ सोच मार्नु ? २०७३ मा म सगरमाथा चढिन । किन भने २०७१÷७२ मा ४० जनाको मृत्यु भयो । तेस्रो वर्षपनि त्यहि हुन्छ कि भनेर म गइन । अनि ७४ मा जाने तयारी गरे, केहि पैसा म सँग थियो । अन्य पैसा बा आमाले जग्गा नै बेचेर पैसा जम्मा गरि दिनु भो । अनि घरबाट आमा बाको आश्रिवाद लिएर म सगरमाथाको यात्रामा निस्के ! 

पहिले जस्तै बेस क्याम्प पुगियो,क्याम्प सेट गरियो । अनि हाम्रो जुनसुकै धर्म भएपनि हिमाल चढ्न जाने बेलामा बुद्ध कल्चर अनुसार पूजा गरिन्छ । लामा लिएर त्यो पूजा गरियो, भोली पल्ट रात्रि देखि यात्रा शुरु भयो । तर विडम्बना बाटो हिडि रहेका थियौ ।

 एक तिर पीडा थियो त एकतिर सयौँ जनाको लाश भेटिइ रहेका थिए । अनि मैले भगवानको प्रार्थना गर्दै मेरो इच्छा पुरा गरि दिनुस् गर्दै अघि बढिरहे । राति हिड्दा विहानसम्म जीवित होइन्छ ,कि होइन्न, त्यो पनि टुंगो छैन । 

भोक, निन्द्रा, प्यास भन्न पाइदैन् डोरी चुड्यो भन्न पाइदैन । त्यो मृत्युको बाटो हिड्नै पर्छ । १ नम्बर २ नम्बर ३ नम्बर ४ नम्बर क्याम्प दिन–रातको हिँडाई पछि ४५ दिनमा पछि डोरी तान्न तयारी भयो । ८ हजार किलोमिटरसम्मको बाटो बनाइयो । त्यपछि तल बेसमा फर्कियौँ । ७ दिनसम्म थकान मारियो । 

थकान नगरेपछि त हिमाल चढ्न सकिन्न । हिमालमा धेरै पानी खानु पर्छ । आराम गदैँ हिड्नु पर्छ । क्याम्प क्याम्पमा खाना बस्ने सामग्री पु¥याउनु पर्छ ।  त्यसपछि  साउथकोलको डोरी टाग्ने सबै सामग्री त्यहाँ लिएर तयारी गर्ने अनि मात्र एक हजार किलोमिकरबाट यात्रा शुरु हुन्छ । 

अनि ८ हजार ६ सयसम्म डोरी बिछ्याएपछि तल फर्किन्छ । त्यपछि टपमा जाने बेला कुनै दिनको मौसम एकदमै राम्रो छ भनेर विश्वको मौसम रिपोर्ट हेर्ने हो । जुन दिन मौसम राम्रो छ । त्यो दिन नै टपको यात्रामा शुरु हुन्छ । 

फेरी ८ हजार ६ सय मिटरबाट हामी तल झर्छौ । एक हप्ता आराम गर्छौ अनि त्यपछि रातदिन तीब्रगतिमा यात्रा शुरु हुन्छ । अनि माथी पुगिन्छ । ३ दिन ३ रातको थकाई आराम गर्न पाइदैन् । बाटोमा हिड्दा हिड्दै निदाइन्छ । ठाउँ–ठाउँमा हिउँमा ड्याम ड्याम टाउँको टोकिन्छ । मन पुरा तर्सिने । वरपर हे¥यो साथी देखिदैन् । लाशमात्र देखिन्छ । 



८ हजार मिटर माथीबाट ! अनि विहान ५ बजे ८ हजार ७ सय मिटर पुगिन्छ । त्यसपछि त अलिकति शक्ति आँउछ । अनि हिड्न शुरु गरेपछि लाइनमा ३ वटा चुच्चोहरु देखिन्छ । मनमा पुगें भन्ने आशा बोकेर हिडिन्छ । त्यहाँ पुग्यो, त्यो होइन । फेरी अर्काे हो, भनेर हिडिन्छ । त्यो पनि होइन । हिजो ७ बजेबाट शुरु गरेको यात्रा भोलीपल्ट १० बजेमात्र टपमा पुगिन्छ ।

त्यहाँ पुगेपछि कस्तो अनुभव हुन्छ, त्यहाँबाट नियाल्दा के के देखिन्छ बताइदिनुस् ?

त्यहाँ पुगेपछि त ! के अनुभवको कुरा गर्नु हुन्छ । विश्व जितेको जस्तो लाग्यो । मृत्युलाई जितेर विश्वको शिर सगरमाथा पुगियो । आमा बाबाको छोरो सगरमाथा चढेको देखिने सोच पुरा भयो भनेर म त खुशीले गदगद ! त्यहाँबाट हे¥यो, ह्वाई ह्वाई हावा चलेको छ । 

जता ततै हिमालै हिमाल छन् । तल हे¥यो पृथ्वी पुरा बल जस्तै देखिन्छ । माथी हे¥यो आकाश ठाउँमै ठोकिन्छ कि जस्तो ! त्यहाँ ति आन्नद भयो । अनि मैले च्वाट झोलाबाट ९ फिटको नेपालको झण्डा फरफराए ! अनि राष्ट्रिय खुकुरी पनि टक्क गाडे, अनि मेरो बाल्यकालको सपना, बा आमाको खुशी पुरा गरें भनेर खुशीले गद्गद भएँ । 

तर एक छिन मै मेरो खुशी त निराशामा बदलीयो । विश्वको पहिलो  महिला सगरमाथा आरोही पासाङ ल्हामो शेर्पा जस्ता व्यक्ति त फर्कने बेला बितेका छन् ।  यही सोचेर बाटोमा केहि हुन्छ कि सोच्दै भगवान पुकार्दै तीन दिन पछि बेस क्याम्प पुगे !

सगरमाथा त कतै लाश, त कतै फोहोरले पुरै दुर्गन्धित भइसक्यो भन्ने समाचार आइरहेका छन्, तपाई त त्यहाँ पुगेर, देखेर आउनु भएको,ख त्यहाँको वास्तविक कुरा चाहि के हो ? समाचारमा आइ जस्तै छ ?

एकदमै सहि प्रश्न उठाउनु भो तपाईलाई धन्यवाद । सगरमाथामा धेरै फोहोर छ । अहिले मात्र होइन, सगरमाथा आरोहण गर्न जबबाट शुरु भयो । त्यहि समयदेखिको फोहोर छ । त्यो फोहोर यताउताबाट आएको होइन । 

आरोहीले सगरमाथा जाँदा आफुलाई आवश्वक पर्ने सामग्री लानै प¥यो तर फर्किदा आफुलाई आवश्वक नपर्ने सामग्री त्यहाँ छोड्दा अहिले हजारै टन फोहोर छ । त्यस्तै ओरोहणका क्रममा बितेका मान्छेको पनि त्यहाँ लाइन छ । जता ततै लाशै लाश छन् । अहिले विश्वको पवित्र स्थान सगरमाथा दुर्गन्धित बन्दै गएको छ ।

तर विभिन्न समयमा सरसफाई अभियान संघ संस्थाले चलाउनु पनि भयो । बेस क्याम्प भन्दा तल अहिले एकदमै सफा छ । तर बेस क्याम्प भन्दा माथी चाहि धेरै फोहोर छ । त्यसको सरसफाईको लागि सरकारले ध्यान दिएको छैन । साउथपोल,२ नम्बर क्याम्प,४ नम्बरमा पुरै धेरै फोहोर छ । 

तर ३ नम्बर क्याम्पमा त्यति छैन । यो फोहोर हुनुको मुख्य कारण चाहि हिमाल चढ्ने हामी नै हौँ । अर्काे वर्ष आउँदा काम लाग्छ । भनेर त्यो लिएको सामग्री त्यहि छोड्ने । अर्काे वर्ष जादा त त्यो सामग्री जता ततै छरिएर पनि फोहोर हुने क्रम बढेको छ । सगरमाथा विश्वको शिर हो, त्यो फोहोर हुनु हुदैँन । त्यसले सरकारले यसमा विशेष ध्यान दिनुपर्छ । 



यस्तै सरकारले प्रत्येक वर्ष सगरमाथा सफाइका लागि भनेर सरसफाई गर्ने टोली पठाउँछ ।  करोडौको बजेट बनाएको छ । तर यो बजेटको सदुपयोग भएको छैन । किन भने काम गर्न सक्नेलाई त्यो टोलीमा राखिँदैन । कामै गर्न नसक्नेलाई त्यहाँ राखेर कामै छैन । त्यसैले  हिमाल चढ्न सक्नेलाई फोहोर उठाउने जिम्मा दिँदा दुई वर्षमा फोहोर नै भेटिँदैन ।

यो वर्ष त सगरमाथामा ट्राफिक जाम प¥यो भन्ने कुरा पनि आयो, यो चाहि के भएको हो, कसरी ट्राफिक जाम पर्न गयो ?

तपाईले एकदम सहि  प्रश्न गर्नु भो । यो वर्ष धेरै ट्राफिक जाम भएको कुरा साँचो हो । यो वर्ष मात्र सगरमाथा चढ्ने १३ जना आरोहीको मृत्यु भयो । मृत्यु भएपछि तत्काल त्यो लाशको व्यवस्था हुन प¥यो । त्यो लाश डोरीमा झुण्डाएर राख्न पाइदैन । एउटा डोरी हुन्छ । त्यहि डोरीबाट तल माथी गर्नुपर्छ । त्यहि डोरीमा लाश रहेकाले ट्राफिक जाम बढेको हो । 

अनि यात्रा गर्दैगर्दा त्यो डोरीमा झुण्डिएको लाशले पनि आरोही निराश हुने गरेका छन् । सगरमाथा चढ्नको लागि अहिले एक डोरी टाँगिएको छ । अव ट्राफिक जाम कम गर्नको लागि ३ वटा डोरी टांँङनुपर्छ । एउटा माथी चढ्ने, एउटा तल झर्ने र एउटा इर्मजेन्सी अवस्थामा माथी जान नसक्ने अनि मृत्यु भएका लाशलाई व्यवस्थापन गर्न डोरी टांग्यो भने जाम नै पर्दैन । 

प्रस्तुतिः गोबिन्द कुँवर



0 comments

Write Down Your Responses