Powered by Blogger.
आग्रामा बालुवा खानीले प्रतिकुल प्रभाव, जनप्रतिनिधी नै खानी सञ्चालकको एजेन्ट जसरी भए प्रस्तुत


मकवानपुर । धादिङ र  उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाको वडा नं ८ मा सञ्चालित बालुवा खानीले आसपासका दुबै जिल्लामा प्रतिकुल प्रभाव पार्दै आएको छ ।  

सिमानामा संञ्चालीत अबैध बालुवा खानी तत्काल बन्द गरिदिन जिल्ला समन्वय समिती धादिङले थाहा नगरपालीकालाई आग्रह गरेको छ । तर पनि त्यहाँ सञ्चालिन ४ वटा खानी अझै निर्वाध रुपमा चलिरहेका छन् । 

मकवानपुरको  थाहा नगरपालीका स्थित  बाहुन गाँउमा निकै लामो समयदेखी दर्जनौको संख्यामा अबैध बालुवा खानी संञ्चालन हुदै आएको हो । आग्रा बालुवा प्रशोधन केन्द्रका नाममा सञ्चालित उक्त खानीमा भरत सापकोटा, नारायण सापकोटा, रबिन्द्र कार्की र विष्णुहरी सापकोटा लगायतको संलग्नता रहेको बताइएको छ । 



उनीहरुले लामो समयदेखि प्राकृतिक दोहन गरिरहँदा स्थानीय जनप्रतिनिधीहरुले भने खानी सञ्चालककै पक्ष लिने गरेका छन् । लामो समयदेखि प्राकृतिक दोहन हुँदा बस्ति खतरमा परेको, २४ सै घण्टा खानी चल्दा स्थानीयलाई ध्वनी प्रदुषण भएको, धुलो र धुँवाले वातावरण विग्रीएको र सडकहरु ट्रिफरका कारण धेरै नै भत्किँदै गएको छ । 

स्थानीय वन, विद्यालय र खोलालाई समेत असर पुग्नेगरी खानी चलाउँदा केही राजनीतिक अगुवा, खानी सञ्चालक र केही जनप्रतिनिधीलाई मात्र फाइदा भएको र अन्य जनताहरु भने समस्यामा परेको स्थानीय युवाहरु बताउँछन् । 

स्थानीय युवा सफल सापकोटाले २०७६ कात्तिक ४ गते नै वडा अध्यक्ष टिकाराम रुम्वालाई यस विषयमा छानविन गरी अवैध खानी हटाउन निवेदन दिएका थिए । तर वडा अध्यक्षको समेत खानीमा मिलेमतो र हिस्सेदारी रहेकाले उनले नै अवैध खानी संरक्षण गरिरहेको बताइन्छ ।




दामन पोष्टसंग पनि वडाअध्यक्ष रुम्बाले ‘केही युवाहरुले विरोध गर्दैमा खानी नरोकिने र यसले गाँउमा समृद्धि ल्याएको’ तर्क गरे । खानी सञ्चालकका एजेन्ट जसरी कुराकानीमा प्रस्तुत भएका रुम्बाले  प्राकृतिक दोहन नगरी विकास नहुने भन्दै खानीको विरोध गर्नु भनेको विकासविरोधी कुरा भएको जिकिर गरे ।

खानीका  कारण धादिङतर्फ वाताबरणमा प्रतिकुल प्रभाव पारेको भन्दै उक्त खानी सञ्चालन रोक्न थाहा नगरपालिकालाई धादिङका तर्फबाट लिखित आग्रह गरिसकेको पनि धेरै भएको छ । सो क्षेत्रमा खानी संञ्चालन गरेका कारण धादिङतर्फको भागमा पहिरो खस्ने र भूक्षय  हुने जस्ता समस्या सुख्खा मौसममा पनि हुन थाले पछि थप समस्या  आएको हो ।

यसै गरी बालुवा प्रसोधन गरेको लोदो पानी सिधै आग्रा खोलामा मिसाईदिएका कारण धादिङतर्फ बसोवास गर्ने मानिसहरुले चरीचरणका बेला गाई बस्तुहरुलाई पानी खुवाउन समेत समस्या भएको छ । 

खोलाको  पानी धमीलो र लेदो बगेका कारण आग्रा खोलामा जलचर समेत नासिदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेको हो । त्यसो त त्यसको   बालु्वा प्रसोधन गर्ने उद्योगका कारण आग्रा खोलामा मिसिएको  दुषित पानीले गर्दा महेश खोला र त्रिशुली नदीमा समेत प्रतिकुल प्रभाव पर्न थालेको छ । 


जस्का कारण त्रिशुली नदी समेत आधा धमीलो भएर बग्ने गरेको छ । आग्रा खोलामा ढुङ्गा गिट्टी र बालुवा उत्खननका कारण पनि निकै समस्या आएको छ ।

खोला दोहन रोकिएन

यता थाक्रे गाउँपालीकाको महादेववेसीदेखी मकवानपुरको आग्रासम्म करिव २५ किलो मिटर खोला क्षेत्र निकै दोहन भएको छ ।

यसै गरी थाहा नगरपालीको अर्चलेमा संञ्चालीत बालुवा खानी र बालुवा धुने फिरफिरेका कारण थप समस्या आएको हो । खोला जथाभावी खोतलीएका कारण हरेक वर्षं खोला धसीदै गएको छ भने पहिरोको समस्या  पनि सो क्षेत्रमा त्यतिकै बढ्दो छ । 

सरोकार वाला निकायहरुले गरेको बेवास्थाका कारण यस्तो अवस्था आएको हो । यसै गरी थाहा नगरपालीकाको  बाहुन गाउँमा संञ्चालीत अबैध बालुवा खानीका कारण गाउँलाई निकै समस्या पर्न थालेको छ ।

धादिङका क्रसर पाँच वर्षदेखि अवैध

उता धादिङ जिल्लामा संञ्चालन हुदै आएका क्रसर उद्योगहरु सरकारले विगत पाँच वर्षदेखी नविकरण गरेका छैन । क्रसर उद्योगहरुले मापदण्ड पुरा  नगरेको भन्दै कानुन विपरित संञ्चालन भएका कारण  सरकारले नविकरण नगरेको हो । 


पुरानो कानुन अनुसार मापदण्ड पुरा गर्न नसके पछी पुनः नयाँ मापदण्ड निर्धारण गरी यही पुस मसान्तदेखी लागु गर्ने अन्यथा क्रसर उद्योगहरु बन्द गर्नु पर्ने सर्त रहेको थियो । तर सरकारले न त क्रसर संञ्चालनका लागी नयाँ मापदण्ड तोक्यो न त कुुनै क्रसर उद्योग नै बन्द भयो । जिल्लामा रहेका सबै क्रसर उद्योगहरुलाई सरकारले मापदण्ड विपरित संञ्चालन भएको र अबैध भन्दै नयाँ मापदण्ड नतोकेसम्म बन्द गर्न निर्देशन दिएको थियो  । 

गत पुस महिनाको अन्तिमसम्ममा नै यस्ता उद्योगहरु बन्द हुनु पर्नेमा निर्विवाद संञ्चालन हुदै आएका छन् । जिल्लामा वन क्षेत्र नजिक, खोला ,नदी किनारामा र राजमार्ग छोउछाउमा यस्ता दर्जानौको संख्यामा क्रसर उद्योगहरु चलीरहेका छन् । प्रकृतीक रुपमा विनास ल्याउने राजमार्गको शोभा बिगार्ने र सरकरालाई तिर्नु पर्ने राजश्व समेत यस्ता उद्योगहरुले छली गर्दै आएको छ । 



अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तहहरुले गरेको बेवास्था र  राजनीतीक संरक्षणका कारण यस्तो अवस्था आएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ग भने जिल्ला प्रशासन कार्यालयलाई अहिले खानी र यस्ता क्रसर उद्योगहरु बन्द गर्ने अधिकार नभएको सबै अधिकार स्थानीय तहमा दिएका कारण हस्तक्षेप गर्न नमिल्ने बताउनु हुन्छ । तर स्थानीय प्रशासनको भूमीकामा कुनै कमी नहुने पनि प्रमुख तामाङ्गले बताउनु भयो । 

धादिङ जिल्ला भर भएका पचास क्रसर उद्योगहरु मध्य  ३७ ओटा उद्योगहरु घरेलु तथा साना उद्योग धादिङ  र कम्पनी रष्ट्रिारको कार्यालयमा दर्ता भई संञ्चालन हुदै आएका छन् । तर ति सबै उद्योगहरु पाँच वर्षदेखी नविकरण भएका छैनन् ।  

हेटौंडाको राप्तीमा १७ बालुवा प्लान्ट अवैधानिक

हेटौंडामा अवैध रुपमा वालुवा प्लान्ट सञ्चालन गर्दै आएकाहरुलाई २१ माघबाट बन्द गरिएको छ । जिल्ला अनुगमन समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा २१ माघमा हेटौंडा १ को राप्तीखोला र लालझाडी क्षेत्रका १७ वटा वालुवा प्लान्टका सामान जफत गर्दै ती प्लान्टहरु बन्द गरिएको हो । 

अवैधानिक रुपले घरेलु कार्यालयमा समेत दर्ता नगरिकन सञ्चालन गरिएका बालुवा प्लान्टहरु बन्द गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका जिल्ला अनुगमन समितिका संयोजक प्रमुख रघुनाथ खुलालले बताए ।



अनुगमन टोलीले लालझाडीका दुईवटा वालुवा उद्योगको कागजात नभएको भन्दै बन्द गरेको छ । सबै कागजात नल्याए सम्म उद्योग चल्न नदिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । 

विकास निर्माण गर्न पाइने तर, अवैधानिक तरिकाले खोला उत्खनन् गरेर वालुवा प्लान्ट चलाउन नपाइने उनले बताए । अवैध रुपमा चलेका वालुवा प्लान्टले हेटौंडाको राप्ती खोला धमिलो बनाउने, अवैध रुपमा खोला उत्खनन् गर्नेकाम वषौ अगाडी देखि गर्दै आएका छन् ।  

जिल्लामा अवैध रुपमा सञ्चालन रहेका वालुवा प्लान्ट जहाँ अवैध रुपमा भेटिन्छ त्यहीनै कार्बाही गरेर अगाडी वढिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।



2 comments

रोक्न सक्ने हिम्मत भए सबै ठाउमा रोक्नु परो आग्रा मा मात्रै हैन थाहा नगर पालिका मा नै पनि सन्चालित छन नि ? यो पार्तिगत रुप मा मुसा बिरालो को म्याउ म्यऔ खेल कैले सम्म , साचै नै बन्द गर्नु पर्ने हो भने जिल्ला मा मुद्दा हाल्नु कम्रेड , राम्रा काम गर्ने हरु को छ र यहाँ ??

Write Down Your Responses