Powered by Blogger.
बागमती गाउँपालिकामा प्रवेश गर्न स्वास्थ्य परीक्षण गर्नुपर्ने


शहरबाट गाउँ फर्केका बस तथा मोटरसाइकल लगायतका साना सवारीसाधनमा आउनेले समेत अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँपालिका प्रवेश गर्ने गरी आजबाट स्वास्थ्य परीक्षणको व्यवस्था शुरु गरिसकेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनु भयो ।
मकवानपुर ÷ कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मकवानपुरको बागमती गाउँपालिकाले मुख्य नाकामा स्वास्थ्य परीक्षण गरेर मात्रै शहरबाट गाउँ फर्केकालाई गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।
हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्र्मीको टोलीले आआफ्नो वडामा प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण गरेर मात्रै शहरबाट गाउँ फर्केकालाई गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी दिनु भयो ।
परिक्षणको लागि आवश्यक सामग्री, ड्रेस, मास्क र अन्य आवश्यक सामानको व्यवस्थापन समेत गरिरहेको प्रमुख गुप्ताले जानकारी दिनु भयो ।
कोरोना भाइरस गाउँपालिकामा पनि फैलिने सम्भावना भएकाले सो पालिकाले आफ्नो पालिका प्रवेश गर्ने ललितपुर, सिन्धुली, काभ्रे र सलाईको मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरि स्वस्थ्य परिक्षण शुरु गरेको बागमती गाउँपालिका वडा नम्बर ५ बगेरी सामुदायिक स्वास्थ्य इकाईका प्रमुख अशोक रखालले जानकारी दिनु भयो । 
उहाँले वडा नम्बर ४ को बगेरीमा हेल्पडेस्क राखि चेक जाँच गरिरहेको जनाएको र हाल सम्म २ सय जनाको स्वास्थ्य परिक्षण गरिसकेको जानकारी दिनु भयो ।
सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन र गाउँपालिकाले सरकारले लागु गरेको लकडाउनलाई पालना गर्न,कोरोना भाइरसबाट बच्नको लागि ४ वटा एम्वुलेन्समा माइक राखि जनतेचतामुलक सन्देश प्रसारण गरिरहेको स्वास्थ्यकर्मी तथा स्थानिय पत्रकार निर्मल तिमसिल्सनाले जानकारी दिनु भयो ।
बागमती गाउँपालिकामा छिमेकी जिल्ला ललितपुरबाट प्रवेश गर्ने नाका वडा नम्बर ९को वेतिनी, सिन्धुली र काभ्रेबाट आउने नाका भोर्लेनि, सलाई र सिन्धुली को नाका राईगाउँमा गाउँपालिका प्रवेश गर्ने लर्को लागे पछि सो अभियान संचानल गरेको हो ।
१० जना कारेन्टाइनमा
बागमती गाउँपालिकाको वडा नम्बर ५ मा बगेरीको सामुदायिक स्वास्थ्य इकाई भवनमा निममर्ण गरेको कोरेन्टाइनमा भारत र कतारबाट आएका १० जनालाई १० दिन सम्मको लागि कोरेन्टाइनमा राखिएको जनाएको छ । गाउँपालिकाले राइगाउँ, वेतिनि, भोर्लेनि र फापरबारीमा कोरेन्टाइन निमार्ण गरि कोरोनाको संक्रमण देखि हाले सो स्थानमा राख्ने तयारी स्वरुप काम गरिरहेकको जनाएको छ ।

0 comments

Write Down Your Responses