Powered by Blogger.
भिमफेदीमा खाद्यान्नको अभाव हुन नदिन बजार अनुगमन सहित प्रशिक्षण


मकवानपुर ÷ विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट बच्न भिमफेदी गाउँपालिकाले आन्तरिक तयारी बलियो बनाएको छ । भिमफेदी गाउँपालिकाले गाउँपालिका वासीहरुलाई खाद्यान्नको अभाव हुन नदिनको लागि बजार अनुगमन गरेको छ । 
गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाको संयोजकत्वमा बजार अनुगमन समितिले गाउँपालिकाको भिमफेदी–२, को भैँसे बजार, वडा नं.४ को पान्द्रङ, निबुवाटार र चिउरी बगैँचा र वडा नं. ६ को भिमफेदी बजारका मुख्य मुख्य खाद्यान्न व्यवसायीहरुको मौज्दात, आपुर्र्ती र बजारको माग र ढुवानी अवस्थाको बारेमा बुझेको हो ।

गाउँपालिका अध्यक्ष हिदम लामाले गाउँपालिकाका जनताहरु खाद्यान्नको अभावले भोकै बस्नु पर्ने अवस्था श्रृजना नआओस र कालोबजार हनु नदिनको लागि अनुगमन गरेको बताउनु भयो । उहाँले कोरोनाबाट सक्रमण हुन नदिनको लागि गाउँपालिकाले तयारी तिब्र पारेको भन्दै सबै सचेत रहनको लागि आग्रह गर्नु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकावासीहरु कोरोनाबाट नआत्तिन तर पुर्ण सतर्कता अपनाउन आग्रह गर्नु भयो । उहाँले कोरोनाबाट सचेत भएर कोरोनाबाट वच्ने उपायमा ध्यान दिएमात्रै पनि यसबाट वच्न सकिने बताउनु भयो ।

उहाँले सामाजिक दुरि र पसलमा कोरोना संक्रमणबाट जोगिनलाई अपनाउने पर्ने उपायहरुको प्रयोगात्मक प्रशिक्षण गराएको हाम्रा सहकर्मी अनिलले जानकारी दिनु भयो । गाउँपालिकामा खाद्यान्नको अभाव नभएको अनुगमन अनुगमन समितिले पाएको र गाउँपालिकाले खाद्यान्न ढुवानीमा पनि गाउँपालिकाले सहयोग गर्ने बताएको अधिकारीले जानकारी दिनु भयो ।

सो अनुगमनमा प्रमुख कार्यकारी अधिकृत जिवन कुँवर, शाखा अधिकृत बद्रि सापकोटा, ४ नम्बर वडा अध्यक्ष क्षेत्र बहादुर पाण्डे,२ नम्बर वडा अध्यक्ष काशीराम बज्यु, ६ नम्बर वडा अध्यक्ष सिताराम थापा, प्रहरी चौकी भैँसेका प्रमुख भरत दुरा लगायतको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses