Powered by Blogger.
थाहाको कोरोना कोषलाई विस्तार गरेर सय बेडको अस्पताल बनाउने योजना बनाउनुपर्छः डा. लामिछाने

डा. रामहरि लामिछाने

काठमाडौं । फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान अफ युनीभर्सीटीजका महानिर्देशक डा. रामहरि लामिछानेले  आफ्नो गृह नगर थाहा नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अर्थिक सहायता गर्नुभएको छ ।

उत्तरी मकवानपुर स्थित चित्लाङमा जन्मिनुभएका उहाँले नगरपालिकाकले स्थापना गरेको कोषमा २५ हजार रुपैंया आफ्नो पारिश्रमिकबाट कट्टा गरी सहयोग गर्नुभएको हो ।

प्राविधीक शिक्षाका विज्ञ व्यक्तित्वका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिचय समेत स्थापना गरिसक्नुभ्एका लामिछाने सिटीइभीटीका पुर्व सदस्यसचिव हुनुहुन्छ ।

उहाँले आफुहरुले गरेको सहयोगको सदुपयोग हुनुपर्ने र थाहा नगरपालिकामा दिर्घकालिन योजनाको १०० बेडको अस्पताल बन्नुपर्ने धारणा राख्नुभयो । 

दामनपोष्टसंगको इन्टरनेटसंवादमा उहाँले थाहा नगरको मध्यभागमा पारेर करिव १०० बेडको अस्पताल बनाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–अबको लगानी भनेके शिक्षा र स्वास्थ्यमा गर्नुपर्छ, त्यस क्षेत्रको लगानी खेर जाँदैन अनि त्यसैका कारण समाज समृद्ध बन्छ ।’ 

२०४८ साललमा त्तकालन सांसद हिरण्यलाल श्रेष्ठको पहलमा बज्रबाराहीमा सुरु गरिएको बज्रवाराही जनअस्पताललाई सोही स्थानमा पुर्नस्थापना गर्नुपर्ने डा. लामिछानेको तर्क छ । 

सो कोषमा स्थानीय अच्युतमप्रसाद ढकाल, प्रदिप भट्ट लगायतका व्यवसायीहरुले पनि सहयोग गरेका छन् भने स्थान्ीय संघ संंस्थाले पनि  सहयोग प्रदान गरेका छन् । 

0 comments

Write Down Your Responses