Powered by Blogger.
लेखापढी इकाई समिति कलंकीद्धारा एकलाख पचास हजार सहयोग


काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन इकाई समिति कलंकीले ‘कोरना भाइरस संक्रमण तथा रोकथाम उपचार कोष’ मा जम्मा हुनेगरी एकलाख पचासहजार रुपैयाँ हस्तान्तरण गरेको छ । 

कोरना भाइरसबाट संक्रमितहरुको उद्धार र उपचारको निम्ति स्थापना गरेको कोषमा उक्त रकम जम्मा हुनेगरी इकाई समिति कलंकीले चेक हस्तान्तरण गरेको हो ।

प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति माधब पौडेल, प्रदेश सभा सदस्यहरु पुकार महर्जन, केशब प्रसाद पोखरेल र रमा आलेमगरलाई सँयुक्त रुपमा इकाई समितिका अध्यक्ष पूर्णप्रसाद श्रेष्ठले चेक रकम हस्तान्तरण गरेका थिए ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य राख्नु हुँदै माननीय माधब पौडेलले भन्नु भयो, “विश्व नै कोरना भाइरसका कारण आतंकित भइरहेको बेला नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले गरेको यो सहयोग अत्यत्त सह्रानीय र अनुकरणीय छ ।” 

त्यसैगरी माननीय रमा आलेमगरले कोरना भाइरसको आतंक र लक डाउनको कारण पीडामा परेका बर्ग र समुदायहरुको लागि यो सहयोगले ठूलो महत्व राख्ने कुरा बताउँनु भयो भने अर्का माननीय पुकार महर्जनले यस्ता राहत सहयोग बिना भेदभाव वितरण हुनुपर्ने कुरामा जोड दिनु भयो । 

माननीय केशबकुमार पोखरेलले मन्तब्यको क्रममा भन्नु भयो, “नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले व्यवसायिक भूमिकाको अलावा समाजिक क्षेत्रमा यस्तो सहयोग गर्नुले पनि एसोसिएसनको गरिमा उच्च भएको छ ।” साथै कानून व्यवसायी एसोसिएसनको हक हित र अधिकारको सन्दर्भमा समेत आफ्नो ऐक्यबद्धता र समर्थन रहने कुरा पनि पोखरेलले बताउँनु भयो । 

एसोसिएसनको केन्द्रीय अध्यक्ष सिताराम दाहालले आफ्नो मन्तब्यको क्रममा कोरना भाइसरको संक्रमणमा परेकाहरुको उपचारमा यो सहयोगले ठूलो अर्थ राख्नुका साथै एसोसिएसनको सबै इकाईहरुबाट सहयोग जारी रहने छ र केन्द्रीय समितिले पनि दुईलाख रुपैयाँ राहत कोषमा जम्मा गरि सकेको बताउँनु भयो ।

इकाई समिति कलंकीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम सचिव पूर्णकुमारी (पुनम) फागोले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा इकाई समितिका अध्यक्ष पूर्णप्रसाद श्रेष्ठले उपस्थित माननीय साँसदहरु, केन्द्रीय अध्यक्ष, महासचिव लगायत सम्पूर्ण उपस्थित भद्र भलाद्मी तथा कानून व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै मानवीय आवश्यकता र सामाजिक न्यायको आधारमा उक्त राहत रकमको पूर्ण सदुपयोग हुने कुरामा आशा एवं विश्वास ब्यक्त गर्नु भयो ।



कार्यक्रममा एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल नमराज, केन्द्रीय पेशागत दक्षता अभिबृद्धि समितिका संयोजक अधिवक्ता कृष्ण ढुङ्गाना, सदस्य जीतबहादु लामा, केन्द्रीय प्रचार प्रसार समितिका सदस्य भरतप्रसाद सेढाईं, केन्द्रीय अनुशासन समितिका सदस्य हरीप्रसाद आचार्य, काठमाडौ उपत्यका समन्वय समितिका सदस्य सचिव बासुदेब मिश्र, सदस्य जयराम प्रसाद लुईंटेल, इकाई समिति कलंकीका निवर्तमान अध्यक्ष रामजी प्रसाद गौतम समेतको उपस्थिति थियो ।



0 comments

Write Down Your Responses