Powered by Blogger.
युवा संघ नेपालको पहलमा महालक्ष्मी नगरमा आकस्मिक रक्तदान


काठमाडौं । सत्तारुढ नेकपाको भात्रृसंगठन राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा एक सय ७२ स्वयंसेवीले रक्तदान गरेका थिए । 
इमाडोलस्थित कृष्ण प्रणामी मूल मन्दीरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।

ललितपुर रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष नकुल थापा र नविन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।

कार्यक्रममा ललितपुर क्षेत्र नं. २ बाट निर्वा्चित संघीय सांसद कृष्णलाल महर्जन, बागमती प्रदेश सभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, नेकपा बागमती प्रदेश सहकारी विभाग प्रमुख शिवप्रसाद कट्टेल लगायतको सहभागिता थियो । 



0 comments

Write Down Your Responses