Powered by Blogger.
लायन्सका गर्भनरका उम्मेद्वार नकर्मी किन गए सुधार गृहमा ?

 खराव संगत, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण दुब्र्यसनीमा किशोर किशोरीको संख्या मकवानपुरमा बढदै गएको छ । दुब्र्यसनी पुर्नस्थापना क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाहरूका अनुसार मकवानपुरमा करिव १२ हजार लागुऔषध प्रयोगकर्ता रहेको छन् । भने त्यस्ता किशोर र किशोरीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ ।  
मकवानपुर जिल्ला लागुऔषध ओसार पोसारको केन्द्र विन्दु सँगै विभिन्न पारिवारि साथीसंगीको कारण पनि युवाहरू दुब्र्यसनमा फसिरहेको यस क्षेत्रमा काम गर्ने संस्थाहरूको भनाइ छ । हाल मकवानपुरका सम्पुर्ण सुधार केन्द्रमा कबिर १६० जना भन्दा बढि उपचारत छन् ।   
यी लागुऔषध प्रयोगकर्ताहरुको जिवन परिर्वतनका लागि स्थापना भएको सुधारगृहको लायन्स इन्टरनेष्नल ३२५ बि २ नेपालका बर्ष २०२०÷२१ गर्भनरका उम्मेद्वार शम्भु नकर्मीले सुधारगृहको अवस्था बुझ्नु भएको छ ।  
मोफसलकै उत्कृष्ट करिब ५ बर्ष देखि सरकारको मापदण्ड अनुसार हेटौँडा ९ लामसुरेमा रहेको सिआन पुर्नस्थापना केन्द्रको बारेमा संचारकर्मी रुपक कालिराजले जानकारी दिए पश्चात सो को अवस्था बुझ्न इच्छुक हुनुको साथै केहि सहयोग गर्ने हेतुले गृहमा पुग्नु भएको हो ।  
उहाँले कोरोना भाईरस संक्रमण फैलिन नदिनको लागि निमार्ण गरिएको खुट्टाको सहायताले संचालन गर्न सकिने ह्याण्ड स्यानिटाईजर कार्यालयका संरक्षक सौजन डिसिलाई हस्तान्तरण गर्नु भयो । हस्तान्तरण पछि सुधार गृहको बारेमा बुझ्ने प्रयास गर्दा सुधार गृहको संस्थापक तथा संरक्षक सौजन डिसिले सुधार गृहको हालको अवस्था, चुनौति र समास्यबारे जानकारी दिनु भयो । उहाँले हरेक क्षेत्रमा सरकारले सहयोग गरिरहँदा युवाहरुलाई सहि मार्गमा ल्याउने यस्ता संस्थाहरु सरकारको ओझेलमा परेको प्रति दुखषो पोख्नु भयो । उहाँले लियो क्लव अफ हेटौँडा भुटनदेवि सँग लामो समय देखि सहकार्य गर्दै आईरहेको र लायन्सको पनि साथ पाउनेमा विस्वस्त रहेको उहाँको भनाई रहेको थियो ।
  सुधारगृहको यो समस्या सुनेसके पश्चात गर्भनरका उम्मेद्वार शम्भु नकर्मीले लागु औषध दुव्र्यसनमा फसेका युवाहरुलाई परिवर्तन गर्नको लागि त्यस्तो केहि औषधी नभएको भन्दै डरधम्की भन्दा पनि माया सँथै मनोवैज्ञानिक तबरबाट मात्रै सुध्रिने बताउनु भयो । उहाँले यस बिषयमा केहि जानकारी भएको तर यसरी सुधारगृहमा नै अवलोकन गर्ने अवसर नपाएको भन्दै यो अवसरले आफ्नो कार्याकालमा यस विषयमा योजना बनाउन ठुलो मद्दत पुग्ने बताउनु भयो । 
लागुऔषधमा युवाहरु फसिरहेको भन्दै यस तर्फ सबै सचेत हुनु पर्ने र समाज परिवर्तनका लागि हिडेका युवाको साथमा लायन्स र लियोले सदैव साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । सो अबलोकनमा लायन्स तथा लियोका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  
 

0 comments

Write Down Your Responses