Powered by Blogger.
थाहाका अवैध घरेलु मदिरा नष्ट



पालुङ ।  उत्तरी मकवानपुर स्थित थाहा नगरपालिका भित्रका अबैध घरेलु मदिराहरु नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय पालुङको पहलमा ति अवैध मदिराहरु बरामद गरी नष्ट गरिएको हो । 

लामो समयदेखि त्यस क्षेत्रका केही स्थानमा मदिराका कारण घरभित्रै तथा टोलमा समेत दिनहुँ जसो झगडा र कुटपिट हुन थालेको गुनासो आएपछि अवैध मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज प्रहरी निरीक्षक विकासकुमार तामाङले बताए ।


सो इलाका कार्यालयले विशेष सुचनाको आधारमा बिभिन्न मिति तथा समयमा थाहा नगरपालिकाको बिभिन्न वडा यरियाहरुमा रहेका बिभिन्न होटलहरुबाट छापा मारी ति सामान बरामद गरिएको बताइएको छ ।  \

अबैध रुपमा उत्पादन गरी बिक्रि वितरण गर्ने प्रयोजनका लागि लुकाई छिपाई राखिएको प्लाष्टिकको ५४ वटा साना तथा ठुला ड्रममा राखिएको घरेलु मदिरा २१५ लिटर र घरेलु मदिरा तयार पार्न राखिएको कच्चा पदार्थ २ हजार लिटर प्रहरी टोलीले बरामद गरेको कार्यालयले जनाएको छ । 

उक्त मदिरा तथा कच्चा पदार्थहरुलाई वैशाखा ७ गते थाहा नगरपालिका समेतको सहकार्यमा नष्ट पारिएको हो ।  
स्थानिय भद्र भलाद्मी, जन(प्रतिनिधि तथा संचारकर्मीहरु समेतको रोहबरमा वातावरणलाई मध्येनजरमा राखी खाडलमा पुरी नष्ट गरिएको इन्चार्ज तामाङले बताए ।

त्यसो त उनले सो क्षेत्रमा यसअघि नै जुवातास लगायतमा पनि कडाई गर्दै आएका छन् । उनले सामाजिक सुरक्षाका लागि पहल लिएकामा नगरवासी दंग भएको बताइन्छ । 



0 comments

Write Down Your Responses