आज जुन ठाँउमा छौं, रुदानेकै निर्देशन अनुसार हो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOP82dW3FUaRcHf2zgXDtDOPH4qXuTWjuELqIJ7IeaG1Pa3wCM9dKXCfSd8hdB-KJPhCZNx6E3RFwAvLImYebI1s3Ix4BC-OkMOLM_FRy6Lc3sRrWVGDEhWx1GOqGyzSNkxxSCbl8wXVA/s640/Ramnarayan-Bidari.jpg)
रामनारायण बिडारी
सत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखि राजनितिमा अधिकारको निम्ती राजनिती तथा समाज हित निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।”
यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाई सघाउन रुदानेको बोलावटमा ०३८ साल बैसाखमा हेटौडा पुगे । त्यसवेला हेटौडामा रुपचन्द्रको संपर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ ।
गोर्वधन थापा पनि उहाँको मिल्ने साथी रहेछन् । हेटौडाका राजथला परिवार रुपचन्द्रको प्रत्यक्ष सर्मथनमा थियो । त्यँहि बसेर रुपचन्द्रका चुनावी कुरा सुनेर रुपचन्द्र कै भनाइ अनुसार उत्तरी क्षेत्र प्रचारमा हिँडे । चुनावमा चाहिने पर्चा,घोषणापत्र,केहि इनामेल पनि मलाई त्यहि घरवाट प्राप्त भयो ।
अल्लारे उमेर, खर्च पनि थिएन, अन्त जाने आँटै आएन । टिष्टुङ्ग घरमा आए र दिन भरि गाँउका साथीहरु संग वरिपरिका गाउमा पर्चा बेच्न गयोै । पर्चा वेच्ने, भित्तामा कमेरोले शुर्य चिन्ह वनाउने । कसै कसैलाइ कपडामा पनि थाहा लेख्ने तर त्यतिवेला लेख्न मान्दैनथे ।
अन्ततः चुनाव जितियो । त्यस समयमा रुपचन्द्रको प्रचारमा खास गरि दामन–पालुङ्गका र हेटौडाका केहि परिवार मात्र प्रचारमा थिए । किनकि उहाँ व्यवस्थाको विरोधि,स्वभाव पनि विद्रोहि हुन्थ्यो । जसका कारण मान्छे डराउथे ।
रुपचन्द्रको नातामा भाइ पर्ने झलकचन्द्र नै सो चुनावको अर्को उमेदवार भएका थिए । उहाँले पञ्चायतको सर्मथनमा पोष्टरिङ्ग गरि रहनु भएको थियो । कमल थापा दरवारिया उमेदवार , विभिन्न पञ्चेहरु पनि उमेदवार थिए । महिलामा विश्वकान्ती कलावती सुमार्गी पनि उमेदवार थिइन् ।
सिट संख्या २ थियो मकवानपुरको । पुरै जिल्ला एक क्षेत्र थियो । अन्ततः तिलकबहादुर नेगी जि र रुपचन्द्रले चुनाव जितेको घोषणा भयो । नेगीजिको जितमा पञ्चहरुले उत्सव मनाए । तर रुपचन्द्रले अविरे जात्रा नर्गन भन्नु भयो ।
२०४३ पछि मलाइ रुपचन्द्रले मकवानपुर जिल्लामा गएर राजनिति गर्न प्रोत्साहित गर्नु भयो । काठमाडांै छोड्न भन्नु भयो । यो कुरालाई मैले स्विकार गरे । त्यस पछि मैले काठमाण्डौ छाडेर हेटौडा आधार बनाएर राजनिति संग संगै कानुन व्यवसाय पनि गर्न थाले ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHAJsNTGqm_yM3ePCJ61pK-A-0awBQEIKvKw-jEur-vH2ncuO5MVVXt9JF-rSp6r4K8kivHTpIvPB2I-YNGXYhBtO8g4UB3K9ww2Y1cRPN-yGwU6iytoujafXKn13UBh7NAhZEQYsGcmU/s640/madhav-nepal-and-ramnarayan.jpg)
जनमुखि वकिलको कार्यालय नामको वकिल कार्यालय खोलि त्यसलाइ राजनितीको संपर्क थलो बनाएर मकवानपुर जिल्लाको तत्कालिन ४३ गाविस र एक नगरपालिकाको प्राय सवै वडामा पुग्ने गरि जनमुखि कार्यक्रमहरु राखियो ।
कम्युनिष्ट भन्न नपाइने भएकोले रुपचन्द्रले ०३८ साल बाटै शव्द चयन गर्नु भएको थियो कि जनमुखि सहकर्मी । यहि शव्दलाई प्रयोग गरि जनमुखि राजनितिको नामवाट रुपचन्द्र संगै वा अन्य सहकर्मीहरु संग जिल्ला भ्रमणा गरियो ।
यो भ्रमण निर्वाचन समयमा मात्र हैन । वर्षीक रुपमा गरिन्थ्यो । हिउदे वर्षे जनमुखि सभा गाउ गाउमा हुन्थ्यो । ति सभाका रोचक र मननिय कुरा पछि लेखौला ।
चुनावका समयमा खास गरि ०४३को राष्ट्रिय पञ्चायतका चुनावमा तत्कालिन पञ्चे र मण्डलेहरुले गुण्डा गर्दि गर्ने भएकोले शारिरिक रुपमा बलिया भएका मान्छे लिएर गाँउ जान रुपचन्द्रले निर्देश गर्नु भएको थियो ।
सधै सो कुरा मिल्दैनथ्यो । तै पनि जनमुखि सहकर्मी अस्मीर, शिव, हरि, बलराम, जनक आदि मध्ये कोहि साथमा हुन्थे । गायकको रुपमा शुक्र, स्वस्ती, राजु, कमला आदि हुन्थे ।
२०४३ को चुनावमा रणसंग्राम, हरिवोल महत, शिव राना, जनक वर्तौला, बलराम बल आदिले शारिरिक हमलाको राम्रोसंग प्रतिकार गर्न सक्षम थिए । म त लुरे विचार र भाषण मात्र न हो ।
राजनैतिक रुपमा प्रमुख नीति तय रुपचन्द्रले गर्ने र राजनीतिक रुपमा कार्यान्वयन गर्ने , सभा आयोजना गर्ने , सभाको प्रचार गर्ने , सभालाइ संवोधन गर्ने कार्य रुपचन्द्र विष्ट , रामनारायण बिडारी, विश्वकान्ती कलावति,कृष्ण घिमिरे, रामहरि सुवेदी, एकराज उप्रेति, अशोक शाक्य, धर्म राजथला आदीले गर्ने गर्दथे । शहरमा वैठकको खानपिनको , स्थानको व्यवस्थापन अजेय शुमार्गी, राधेश्याम बिडारी, बद्री, रामचन्द्र, अशोक वाँनिया,शम्भु,मिश्र आदीले गर्दथे ।
विद्यार्थी संगठन, मजदुर संगठन, किसान संगठन, नारी संगठन जनमुखिका नाममा संचालित थिए । जसको संचालनको जिम्मा रुपचन्द्रले मलाइ दिनु भएको थियो ।
बेला बेलामा प्रशिक्षण रुपचन्द्रले गर्नु हुन्थ्यो । गोप्य रुपमा कम्युनिष्ट पार्टिका नेताले पनि प्रशिक्षण गर्ने काम हुन्थ्यो । यसको व्यवस्थापनको काम मजदुर संगठनले गर्दथ्यो भने कहिले काहि गोप्य रुपमा सुमार्गीले पनि गरेका हुन्थे ।
२०३९ देखि २०४६ सम्म मकवानपुरमा दलिय अभ्यास थियो । देश भरमा निर्दलिय व्यवस्था चलेको थियो । जनमुखि सहयोग समिती नामवाट गाउ गाउमा समिती संगठित थिए । दल प्रतिवन्ध भएका कारण यस्तो गरिन्थ्यो ।
रापस (राष्ट्रिय पञ्चायत सदस्य) को प्रतिनिधिको रुपमा म गाँउ सभामा भाग लिन रुपचन्द्रको तर्फबाट जान्थे । कहि कहि विवाद हुन्थ्यो ।
निर्दलिय व्यवस्थामा रापसले प्रतिनिधि पठाउन पाँइदैन भनि पञ्चेहरुले बखेडा झिक्दथे । सरकारी सभामा समेत रुपचन्द्रको प्रतिनिधि रुपमा जनमुखि वक्ता रामनारायण विडारी प्रस्तुत हुन्थे ।
यहि समयमा हेटौडा नगर पालिकामा जनमुखि सहकर्मीको हैसियतमा अशोक वानिया प्रधान पञ्च,सम्भु भट्टराइ उप प्रधान पञ्च सहतिको नगरपालिका वोर्ड थियो ।
नवराज अर्याल,हरिवोल महत सहितका वडा अध्यक्षहरु थिए । अजेय शुमार्गी,अमृत राजथला सहितको नगर सभासद थिए । यीनैवाट नगर पालिकाको नेतृत्व हुन्थ्यो । नगर जिल्लाको राजनीति रामनारायण बिडारीले हेर्नु पर्ने जस्को निर्देशन, नियन्त्रण, संरक्षण रुपचन्द्रले गर्ने गरीएको थियो ।
यसरी मकवानपुर जिल्लामा निर्दल कालमा नै दलिय अभ्यास रुपचन्द्रले गर्नु भएको थियो । जसमा हामी सहयोगी थियोै । यसरी २०३८ देखि २०४३ सम्म रुपचन्द्रको कार्यकर्ता अति कम, जनताको अति सर्मथन थियो ।
०४३ देखि ०४६ सम्म कार्यकर्ताको वृद्धी भयो तर जनमतमा खास वृद्धी भएन ।
०४६ पछि रुपचन्द्र विरुद्धमा षडयन्त्र व्यापक सुरु भयो । यस पछि स्वार्थी कार्यकर्ताले पनि जनमुखि राजनितिबाट अलग हुन थाले । ०४७ पछि त माले,काग्रेस हुन पुगे । ०४८मा फेरी कार्यकर्ता कम भए ।
परीणामतः रुपचन्द्र ०४८मा हेटौडा क्षेत्रवाट हार खानु भयो । जित्ने वा बलियो भनिएको पालुङ्ग क्षेत्रमा रुपचन्द्रले मलाइ उठाउनु भयो । त्याँहा बाट पनि हार भयो । त्यस पछि त स्वार्थीहरु पाखा लागे , थोरै जनमुखि सहकर्मी बाँकी भयौ । अनि रुपचन्द्रसंग छलफल भयो ।नेकपा (जनमुखी) कसरी संचलन गर्ने ?
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgHyvSkqrn7-4CQ1mjvZYmdlM0D3zWW6ytA6sf7i8wCOoS9L-9wrmRnk8Nr4CikaiiOFBFTtzt4QJh9Z8MmrG6HazQIWpHv_MDQCXPIr1JKIOK8Thml_zFKXvOMctDzDN9jjHYiW8ruZ08/s640/rudane.jpg)
उँहाले ‘जनमुखि राजनिति नै उपयुक्त,वैज्ञानिक राजनिति हो । यसैलाइ संचलन गर । सक्दैनोेै भने मात्र विकल्प खोज’ भन्नु भयो । हामिले प्रयत्न ग¥योै । तर कम्युनिष्ट पार्टिसंग सहकार्य गरेर जानु नै समयानुकुल श्रेयकर हुने ठहर गरि उहाँलाइ भनियो ।
उहाँले वैधानीक रुपमा संयुक्त जनमोर्चासंग एकता, ऐक्यता,एकवद्धता जो जे गर्नु पर्छ गरे हुन्छ (जनमोर्चाको मातृ दल भुमीगत पार्टि एकता केन्द्र हो ) भनि म बिडारीलाइ निर्देशन दिनु भयो ।
अनी रामनारायण बिडारीले नेकपा (जनमुखिको ) महासचिव हैसियतले निर्णयानुसार नेकपा (एकताकेन्द्र)संग संयुक्त वक्तव्य जारी गरि एकिकरण गरियो । यसैको परिणामनुसार आज हामी (नेकपा) मा छौ ।
यहा पनि जनमुखि राजनिति र थाहा दर्शनका कुरा ढुक्क राख्ने गरिएको छ । क.ओलिले भनेका एक सार्वजनिक कार्यक्रममा भनेका थिए कि “अव पचास वर्ष पछि रुदानेलाई समाजमा ठुलो दार्शनिकको रुपमा लिनेछन् । वहाको सिद्धान्त प्रचारित हुनेछ ।
त्यस अगाडि उँहाको धेरै मर्यादा संमान हँुदेैन किनकि उहाँका समकालिनहरु अझै जिँउदै छन । उहाँले तिनिहरुलाइ घोचीलो प्रहार गरेर भित्तामा पु¥याएका मान्छे वहालाइ अझै इष्र्या गर्दैछन् । पचास वर्ष पछि ति सबै बिति सक्दछन् । नयाँ पिँढीको उदय हुन्छ । राजनिति पनि तिनकै नेतृत्वमा हुन्छ । अनि उहाँका कुराको व्याख्या निष्पक्ष तरिकावाट हुन्छ र सो कार्यन्वयन निम्ती प्रयास हुन्छ ।”
रुदानेले २०४२ मा निर्दलिय व्यवस्था निर्दयी व्यवस्था हो । वहुदलिय व्यवस्था वहुला व्यवस्था हो । यी दुवै व्यवस्था फालेर जनतालाई जनमुखि व्यवस्था चाहिन्छ भन्नु भएको थियो । जनताको जनवाद भन्ने कुरा यहि हो । यो भन्न राष्ट्रिय पञ्चायतमा मिल्दैनथ्यो । तसर्थ जनताको जनमुखि राजनितिको कुरा गरिएको हो ।
(वरिष्ठ अधिवक्ता रामनारायण बिडारी राष्ट्रिय सभाका सांसद तथा संसदीय समितिको सभापति एवं जनमुखी सहकर्मी हुनुहुन्छ ।
0 comments
Write Down Your Responses