bank

BANK





Powered by Blogger.
बेखर्चीहरुलाई लकडाउन भर संरक्षण, खड्बुका बाँनियाको सर्वत्र प्रशंसा


काठमाडौं । मन हुनेसंग धन हुँदैन अनि धन हुनेसंग मन हुँदैन । हाम्रो समाजको संरचना नै यस्तै छ । तर फराकिलो सोच अनि ‘सर्वजन हिताय’ को पवित्र भावना बोकेर हिँड्नेहरुले आँटेको काम पुरा गरेरै छाड्छन् । अहिले यस्तै पात्रका रुपमा मकवानपुर खड्बुका रुपक बानिया देखापरेका छन् । 

बानियाँले लकडाउन हुनासाथ बेखर्ची भएपछि खाना र भाडा दुवै नभएर पशुपति, गुहेश्वरी, गौरीघाट, विरुपाक्ष मुर्तिको वरपर, डुल्न वाध्य भएकालाई आफ्नो कार्यालय ल्याए ।  



करिव सय जनाको संख्यामा रहेका उनीहरु  स–सानो काम गरि जीविकोपार्जन गर्ने कामदारहरु, मजदुर र विद्यार्थीहरु थिए ।  आफ्नो सुकेधारा स्थित नव दूर्गा पार्टी प्यालेस ल्याएर खाना खुवाए, सुत्ने बस्ने व्यवस्था मिलाए । 

ति कामदारहरु जससंग खानका लागि पैसा थिएन, घर वा कतै जानका लागि गाडि थिएन र निरन्तर लम्बिदै गएको लकडाउनको कारण अन्य कामदारहरु झै हिँडेर गन्तव्य भेट्ने शारीरिक ताकत पनि थिएन । 

तिनका लागि बानिया भगवान बनेर उदाए । तँ आँट म पु¥याउछु भने झैं उनले सोचेको पवित्र भावनामा अरुको पनि मलजल भयो । अन्तत बानिया सामाजिक काममा सफल भए । 

त्यस्ता सय बढी कामदारलाई रुपक बानियालेँ आफ् ज्यादै स्तरीय मानिने दुर्गा पार्टी प्यालेसमा ल्याएर संरक्षण गरे । त्यतिबेला जब कसैलाई बाहिर हिड्न पनि दिइएको थिएन त्यस्तोबेलामा उनले मानव सेवा गरेका थिए ।

सय जनालाई बरु १० लाख सहयोग दिन सजिलो हुन्छ तर ठिक मौकामा खोजेर ल्याएर खान खुवाउन र सुताउन कठिन हुन्छ । लकडाउनको बेलामा घर र कोठा नभएकालाई पैसा भएर पनि खान नपाउने अवस्था थियो । जताततै होटल बन्द छन्, रेष्टुरेन्ट बन्द छन् यस्तो अवस्थामा दीन हीन व्यक्तिहरुलाई ल्याएर पालेको यस्तो उदाहरण अन्यत्र कमै देख्न पाइन्छ ।

एकछाक खाना खुवाउन सहजै सकिएला तर ८० औ लकडाउनको दिनसम्म सयौ मानिसलाई साहारा दिनु सामान्य कुरा होइन । त्यो पनि लकडाउनग्रस्त असहज बिकट समयमा ।

कोरोनामा मान्छेले मान्छेलाई टाढा राख्न चाहेको अवस्था छ । हरेक मानिस सकेसम्म दुरी बनाएर बस्न चाहेको समयमा खाली जमिनबाट उठाएर कसैलाई पाल्नु सामान्य धर्म होइन । 

अहिले यस्तो अवस्था छ कि छिमेकीहरु पनि छिमेकीको घरमा पस्न डराँदछन्, आफन्तहरु आफन्तकोमा एक कप चिया खाउँ नत भनेर पस्न डराउँदछन् । यस्तो बेलामा यसरी धूलो मैलो कपडा सहित गरिव विपन्नलाई ल्याएर पालेकोले रुपकको मानव धर्म र सेवा अतुलनीय रहेको भुक्तभोगीहरु बताँउछन् । 

उनले शूरुमा १०० जनाको उद्धार गरेका थिए ।  लगभग २ महिना पछि जाजरकोट सल्यान तिरका ३४ जना कामदारहरुलाई लाई घर पठाइयो । त्यसपछि केही दिन अगाडी ३० जना आफ्नो घर धनगढी र कैलाली गए । अहिले पनि त्यहाँ केही कामदारहरु बसोबास गरी रहेका छन् र फेरी केही थपिएका छन् ।   

लकडाउनको बेलामा अधिकांश मानिसलाई आफ्नै परिवारको हेरचाह गर्न हम्मे हम्मे परि रहेको बेलामा सयौलाई आश्रय दिनु आफैमा ठूलो यज्ञ वा पूजा भन्दा कम होइन । र, मानवीय सेवा गरेपछि धर्म खोज्न अन्यत्र कतै जानु पर्दैन । 

उनले एभिन्यूज टेलिभिजनले देखाएको दृश्यबाट थाहा पाए कि पशुपति वरपर घर नभएका दर्जनौ कामदारहरु विचल्लीमा परेका छन् । सोही समाचारको आधारमा उनी ति कामदार खोज्न गएर ल्याएका थिए । त्यहि खवरको आधारमा नै उनले उनीहरुको उद्दार गरेको बताएका छन् ।



रुपक बानियाँ एक उद्यमी हुन् जसले वितेको १८ बर्षदेखि पार्टि प्यालेस चलाई रहेका छन् । उनलाई करुणा जाग्यो मैले पनि यो लकडाउनमा मानव सेवा गर्नु पर्छ । समाजसेवामा मेरो पनि उपस्थिती हुनु पर्छ भन्ने भावना जागृत भयो र यो काम गरेको उनी बताउँदछन् ।

सयौ जना मासिहरुलाई खुवाउन पर्ने भएपछि उनले तरकारी यहाँको खुद्रा बजारमा नकिनेर चित्लांग, भक्तपुरबाट किसानकै खेतबाट तरकारी उठाउन थाले । आफु पनि व्यस्त हुन पाइयो । त्यतीमात्र होइन यो नमुना कार्यले भोकालाई भोजन देउ भन्ने भनाई चरितार्थ हुँदै गयो । 

अन्तत उनले दिनदुखीलाई मात्र सेवा गरेनन् गाइवस्तु, बाँदर , कुकुर जस्ता प्राणीहरुको पनि  सेवामा जुटेर साँँच्चै सकैले गर्न नसकेको काम गरे । तसर्थ उनी महान् छन् । उनको कार्यलाई पुनः एकपटक सलाम । 



0 comments

Write Down Your Responses