Powered by Blogger.
बागमती प्रदेश सरकारको कोरोना रोकथाम कोषमा सुर्य नेपालको १ करोड


हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले सो  रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । 

सहयोग रकमको चेक हस्तान्तरण पछि मुख्यमन्त्री पौडेलले   कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बताउनुभयो । सरकारको अभियानमा सुर्य नेपालको हातेमालोको उहाँले प्रसंसा गर्नुभयो ।  

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताउनुभयो । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचीव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses