Powered by Blogger.
प्रहरीको पेट्रोल पम्पमा आइजीको नजर पर्ला ?


काठमाडौं । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा अनियमितता झनै उदांगिएको छ । प्रहरी निरीक्षक बासुदेव नेपालले विगत एक वर्षदेखि कमान्ड गरिरहेको पम्पमा व्यापक अनियमितता भएको हो । 

उनकै प्रत्यक्ष निर्देशनमा केशब केसी र मनोज केसी दुई भाई मिलेर पम्पमा अनियमिताको धन्दा चलाएको बताइएको छ । प्रनि नेपाल सो पम्पको नेतृत्व गर्न आइपुगेको एक करिव वर्ष पुगेको छ भने हवल्दारद्धोय केसी विगत चार वर्षदेखि त्यही कार्यरत रहेका छन् । उनीहरुको अनियमिततामा जवान छवि न्यौपानेले पनि दह्रो साथ दिने गरेको बताइन्छ । 

लामो समयदेखि सो पम्पमा मस्ती मारेर बसेका व्यक्तिहरुको सेटिङमा नै अहिले पनि पम्पलाई कमाउ धन्दाको अखडा बनाइएकाु बताइन्छ । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ । 

उनीहरु पम्पका इन्चार्ज नेपालको अत्यन्त प्रिय पात्र बन्दै आएका छन् । उनीहरुले थानकोटदेखि ट्यांकरबाट तेल ल्याउने बेच्ने तथा हरेक दिन संकलन भएको रकम इन्स्पेक्टरदेखि आफु आफुमा बाँडचुड गर्ने गरेको बताइन्छ । 

अहिले केसीद्धोयलाई पैसा हुने धन्दा गर्न र अन्य रकम संकलन तथा कारोवारको जिम्मेवारी नै दिइएको छ । इन्सपेक्टर नेपाललाई राम्रो रकम नियमित रूपमा बुझाउने गरेकाले नै केसीद्धोय उनका प्रिय पात्र भएको स्रोतको दाबी छ । उनीहरुलाई त्यहाँको इन्चार्ज नेपालले संरक्षण गरेकैले खुलेआम घुसखोरीले प्रश्रय पाएको बताइन्छ ।

एकपटक त्यो स्थानमा बसिसकेका प्रहरी कर्मचारीहरूलाई दोहो¥याएर त्यही स्थानमा नराख्ने प्रहरीको आन्तरिक नियम भए पनि पेट्रोल पम्पका केही कर्मचारीका हकमा भने त्यो नियम लागू भएको छैन । उनीहरु चार पाँच वर्षदेखि पम्पमै तर मारेर बस्न पाइरहेका छन् । 

केसीद्धोयको नेतृत्वमा पम्पका कर्मचारीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल बेचेर पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । उनीहरूले तेलै नहालीकन तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । 

त्यसो गर्दा काउन्टरमा मासिक ३ लाखसम्म अतिरिक्त जम्मा हुने र सो रकमबाट इन्सपेक्टर, असाईदेखि सबै कर्मचारीहरुले भागवण्डा गर्दै आएका छन् ।

दैनिक कुपन र नगद गरेर १७ देखि २० लाख सम्मको कारोवार भएपनि नगद मासेर कुपनको मात्र कारोवार देखाउने गरेको बताइन्छ । पम्पमा  हरेक दिनको १२ देखि १५ हजारसम्म रकम उठाएर कोष बनाउने र महिनाको ३ लाख भन्दा बढी रकम जम्मा भएपछि त्यो सबै कर्मचारी मिलेर बाँडीचुडी गर्ने गरेको बताइन्छ । 

उक्त पम्पमा मात्र हाल दर्जन बढी कर्मचारी छन् । प्रहरी नियमावलीमा दुई वर्षभन्दा बढी एकै ठाउँमा रहन कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन । 

पम्पका कर्मचारीहरुका हकमा यो नियम लागु भएको छैन । गत साउनदेखि कम्युटर बिलीङ सिस्टम लागु भएको भएपनि भ्याट विल नदिने र साधारण बीलमार्फत कारोवार गर्ने गरेको पाइन्छ । 

नेपाल प्रहरीअन्तर्गत कल्याण कोषले सञ्चालन गरेको र हरेक सिपाहीको गाँस काटेर जम्मा गरिएको नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा केही व्यक्तिको मस्ती चल्ने गरेकोमा संगठनमा केही नयाँपन दिन्छु भनेर आइजीपी बनेका शैलेश थापा क्षेत्रीले नजर लगाउनु आवश्यक छ । 

उनले बेवास्ता गर्ने हो भने प्रहरीको कल्याण कोष नै धराशायी बन्ने जानकारहरु बताउँछन् । आइजी थापाले दज्र्यानी चिन्ह थाप्ने अवसरका संगठनले आफ्नो लागि दिएको सवारी साधन समेत परिवारका सदस्यहरुलाई चढ्न दिइनु दुरुपयोग ठहरिने भनेर आदर्शवादी भाषण गरेका थिए । 

उनले त्यस्तो मितव्ययीता अपनाउने हो भने पहिलो काम नै पेट्रोल पम्पको बेथिति सुधारबाट सुरु गर्नु उपयुक्त हुने आशा गरिएको छ । 

प्रहरी महानिरीक्षक संरक्षक रहने प्रहरी कल्याण कोषको अध्यक्ष प्रशासन विभागका एआईजी हुने गर्दछन्, जसले प्रहरीका लागि विभिन्न किमिसका सेवा प्रदान गर्दै आएको छ । हाल पेट्रोल पम्प, हेल्थ क्वल कोषअन्तर्गत सञ्चालन भइरहेको ति सबै निकायमा अनियमितता जारी रहेको बताइन्छ ।

त्यसैले प्रहरी कल्याण कोषका एसएसपी लालमणी आचार्यले नक्सालस्थित प्रहरी पेट्रोलपम्प र सामाखुसीस्थित प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूमा छानविन गर्नुपर्ने आवाज उठेको छ । एसएसपी आचार्य थाहा नपाएजस्तो गरेर बस्ने हो भने त्यहाँको कमिशन उनको भागमा पनि पुगेको स्पष्ट  हुन्छ । 

दुवै पम्पबाट ती कर्मचारीहरूले पर्याप्त कमाइ गरेको देखिन्छ । पेट्रोल पम्पमा बाहेक भृकुटीमण्डपस्थित पुलिस क्लव र अतिथि गृहहरूमा अनियमितता हुने गरेको छ ।  यस सम्बन्धमा पम्पमा कार्यरत भूतपूर्व प्रहरीलाई जिज्ञासा राख्दा उनीहरू भने सम्पर्कमा आउन चाहेनन् । नियमित रूपमा नजराना लिइरहेकाले अहिले एसएसपी आचार्यको नजर त्यतातिर भने नपरेको बताइन्छ । 

पम्पको इन्चार्ज प्रमुख आकर्षक र कमाइ हुने पद मानिन्छ  । अन्य अधिकारीलाई एक वर्षमै सरुवा गर्ने एएसपी आचार्यले भने विगत तिन वर्षदेखि राइदाइँ गर्ने इस्पेक्टर नेपाल लगायत सई तथा हवल्दारलार्ई किन संरक्षण गरिरहेका छन् भन्ने कुरा रहश्यमय रहेको छ । 

त्यसो त यसअघि केही वर्ष अघि पनि प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा  व्यापक अनियमिता देखिएको भन्दै छानविन गरिएको थियो । पम्पको घोटाला सम्बन्धमा छानविन गर्न तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्सीय छानविन समिति गठन गरिएको थियो । 

बजार अनुगमनका क्रममा प्रहरीद्वारा सञ्चालित पाँच वटा नोजलहरूमध्ये ३ वटा नोजलहरूबाट अनियमितता भएको फेला पारेपछि शिल गरिएको थियो । प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्मबाट उपभोक्ता ठगिएपछि चासोको विषय बन्दै आएको छ । 



प्रहरीकै पम्पमा जहिले पनि विवाद बढ्नुमा लामो समयदेखि कल्याणकोषलाई धमिरा पार्न र घूस खान खप्पीस त्यही पुराना कर्मचारीलाई हेरफेर गर्न नसक्नु नै मुख्य कमजोरी रहेको प्रहरी स्रोत बताउँछ ।

 ति नभएपनि पम्प चल्छ भन्न्े मानसिकता हाकिमहरुले त्याग्न नसकेसम्म समस्या यथावत रहने हुनाले कल्याणकोषका हाकिम र आइजीपीले कुनै न कुनै कदम चाल्नुपर्न आवश्यकता देखिएको छ । 
–बुधबार साप्ताहिकबाट

0 comments

Write Down Your Responses