Powered by Blogger.
समाजसेवाका लागि लागिपर्ने विक्रम



काठमाडौं ।विक्रम अधिकारी समाजसेवामा समर्पित नाम हो । 

रामेछाप स्थित मन्थली नगरपालिका वडा नं–१३ फुलासीमा जन्मिनुभएका उहाँ हाल सपरिवार युकेमा बस्नुहुन्छ ।

 सामान्य परिबारमा हुर्किनुभएका अधिकारी  नेपाली सेनामा रहेर १० वर्ष सेवा गर्नुभयो । सात समुन्द्रपारी रहेर पनि मात्रृभूमीमा परेको दुख र पिडामा उनी सधैं सहयोगी बन्नुभएको छ । 

दुखी–गरिब र असाहयका दुख र मर्का बुझेर सदैब सहयोग गर्न अग्रसर रहने सामजसेबी एबम् मनकारी ब्यक्तित्वका धनी अधिकारी साँच्चै समाजका उदारणीय व्यक्तित्व हुनुहुन्छ । 

उहाँले हाल मेलम्ची बाडिपीडितलाई श्री अनश्रीत बालबालिका उत्थान केन्द्र नेपालका  माध्यमबाट सहयोग समेत गर्नुभएको छ । उहाँको सहयोगको सदुपयोग गर्दै संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीको नेतृत्वमा एक टोली मेलम्ची पुगेर पिडितलाई राहत बाँडेको थियो । 

अध्यक्ष शिवाकोटीले अधिकारीलाई धन्यवाद तथा आभार समेत प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोगको अपेक्षा गर्नुभएको छ । 



1 comments

Good work 👍👍 ... Keep it up

Write Down Your Responses