Powered by Blogger.
रोटरी सेट्लाईट क्लव अफ काठमाण्डौ वेष्ट टिष्टुङको आयोजनामा वृक्षारोपण

 


थाहा । कालीबन्जार सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । रोटरी सेट्लाईट क्लव अफ काण्माण्डौ वेष्ट टिष्टुङको आयोजना तथा काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा वृक्षारोपण गरिएको हो । 

काली वञ्जार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमलकुमार केसीको सभाध्यक्षता, रोटरी सेट्लाईट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका पाष्ट प्रेसिडेण्ट राजेन्द्रभक्त श्रेष्ठको विशिष्ट आतिथ्यता तथा क्लवका प्रेसिडेण्ट विक्रम जोशीको प्रमुख आतिथ्यताका बीच औपचारिक कार्यक्रमको साथ सुरु गरिएको वृक्षरोपणमा सामुदायिक वनको मनमोहक क्षेत्र  दमार परिसरमा विभिन्न ४ प्रजातीका ५ सय ५० वटा लौठ सल्ला, काईँयो फूल, तेजपत्ता तथा टाँकीको विरुवा रोपिएको हो । 



वृक्षारोपणको उद्धघाटन कार्यक्रम प्रमूख अतिथि, विशिष्ट अतिथि तथा सभाध्यक्ष कमलकुमार केसिद्धारा संयुक्त रुपमा वृक्ष रोपेर गरिएको थियो ।  

रोटरी सेट्लाईट क्लव अफ काठमाडौं वेष्ट टिष्टुङका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ताहरुको सहभागितामा वृक्षारोपण गरिएको हो । औपचारिक कार्यक्रममा सामुदायिक वनले रोटरी सेट्लाईट क्लव अफ काठमाडांै वेष्ट टिष्टुङलाई सम्मान गरेको छ । त्यस्तै वन समितिले थाहा नगरपालिकाको क्षेत्रगत विकासका लागि निरन्तर पहल तथा आवश्यक सोच निर्माणप्रति सदैव चिन्तनशिल थाहा नगरपालिका वडा नं. ६ का प्रमोद जोशीलाई सम्मान गरेको छ ।





0 comments

Write Down Your Responses