Powered by Blogger.
जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनका लागि उद्धार तालिम सम्पन्न


पालुङ । थाहा नगरपालिकामा जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनका लागि विपद प्रतिकार्य तथा उद्धारसम्बन्धी व्यवहारिक तालिम बिहिबार प्रदान गरिएको छ । 

नगरका सबै वडाका स्वयम्सेवकहरुको सहभागितामा थाहा नगरपालिका र नेपाल पानी सदुपयोग फाउण्डेशनको संयुक्त व्यवस्थापनमा तालिम दिइएको हो । 

५० भन्दा बढी सहभागीहरुलाई पालुङको शङ्खमूलनजिक तालिम प्रदान गरिएको थाहा नगरपालिकाकाका विपद व्यवस्थापन फोकल पर्सन अनिल लामिछानेलबताए । काठमाडौँ सिनामंगलस्थित सशस्त्र प्रहरी बलबाट निरीक्षक नन्दकिशोर महतोको नेतृत्वमा आएको टोलीले तालिम दिएको थियो । 

सहभागीहरुलाई सशस्त्र प्रहरी निरीक्षक महतो, सशस्त्रकै बलराम अधिकारी, मधु ओझा, संजिव मोक्तान र केशव तिमल्सिनाले तालिम दिएका थिए । तालिममा नेपाल स्काउट थाहानगर स्थानीय समितिअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । 

नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, स्थानीय संघसंस्था तथा स्वयम्सेवकहरुको सहभागितामा तालिम भएको हो । तालिमको शुभारम्भ थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले गरेका थिए । 

यसअघि २७ साउनमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

 २९ साउनमा जलवायु परिवर्तन र जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी तालिम दिइने नेपाल पानी सदुपयोग फाउण्डेशनका कार्यक्रम संयोजक डा. चिरञ्जीवी भट्टराईले जानकारी दिए ।


0 comments

Write Down Your Responses