Powered by Blogger.
दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियनमा नयाँ नेतृत्व, अध्यक्षमा विजय निर्वाचित


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अध्यक्षमा विजय कुमार राय यादव निर्वाचित भएका छन् । 

शुक्रबार भएको निर्वाचनमा आफ्ना प्रतिद्धन्दी शिवराज जैसीलाई हराएर  उनले नेतृत्व हात पारेका हुन् ।

कुल ५३ मत खसेकोमा उनले २७ मत ल्याएका थिए भने जैसीले २६ मत ल्याएको निर्वाचन संयोजक मिन प्रसाद अर्यालले जानकारी दिए ।

त्यसैगरि उपाध्यक्षमा रचिता आचार्य निर्वाचित भएकी छन् । 

सचिवमा कैलाश कार्कीले जित हात पारेका छन् भने कोषाध्यक्षमा धर्मेन्द्र मेहताले जितेका छन् । सदस्य त्रयमा सोनु केसी, राजेन्द्र विक्रम शाही र बिष्णुहरी फुयाँल निर्वाचित भएको अर्यालले जानकारी दिए । 

यसअघिको प्राधिकरण कर्मचारी यूनियनले सामुहिक राजीनामा दिएसँगै निष्क्रिय रहेको दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियन करिब २ वर्षपछि निर्वाचनमार्फत सक्रिय भएको हो । 

राय यसअघि पनि युनीयनको अध्यक्ष रहेका थिए । प्राधिकरणमा सहायक निर्देशकसम्मका कर्मचारीहरु यूनियनमा सहभागी हुनसक्ने प्रावधान छ ।




0 comments

Write Down Your Responses