Powered by Blogger.
मेजर छाँया सेनापति बन्न खोजेपछि....!


काठमाडौं । एकजना ४० बेसिकका मेजर बन्न खोज्दा भद्रकाली स्थित नेपाली सेनाको जंगी अड्डाका भित्र हलचल मच्चिएको छ ।

नेपाली सेनाको नेतृत्व सम्हाल्न आइपुगेका प्रधानसेनापति महारथी प्रभुराम शर्माको मधुमास अवधी चलिरहेकै बेला ति मेजर भने पिएसओज जर्नेल कसलाई कहाँ र कुन जिम्मेवारी दिने भन्ने ‘अव मेरो चल्छ’ भन्दै धाक लगाउन थालेपछि जंगीअड्डामा आतंक सिर्जना भएको हो ।

ति मेजर हुन स्याङ्जा तिरका सुदिप अर्याल । दुई हातमा दुई तोला सुन लगाएका अनि निकै चल्ताफुर्ता जस्तै देखिने यिनी आजकल रक्षा मन्त्रालयको सेनाको तर्फबाट समन्वय गर्ने जिम्मेवारी पाएका छन् । यो समन्वय गर्ने विभागीय काममा उनको दोस्रो कार्यकाल हो । 

यसअघि राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा पनि उनी त्यही जिम्मेवारीमा थिए । तर, प्रधानसेनापतिको नाममा रक्षा र जंगी अड्डाको समन्वयको नाममा असमान्य गतिविधिमा लागेको पाइएपछि क्षेत्रीले उनलाई हटाएका थिए । पछि क्षेत्री विरुद्ध नै सञ्चार माध्यममा विभिन्न सूचना दिएर बद्नाम गरेको आरोप उनीमाथि लागेको बताइन्छ ।

अहिले तिनै मेजर पुनः नयाँ प्रधानसेनापतिको जिम्मेवारीमा शर्माको आगमन भएसँगै रक्षा मन्त्रालय र जंगी अड्डाको पुलको काम गर्ने संवेदनशील निकायमा जोडिन पुगेका छन् । 

सचिव एक नारायण अर्यालको आफुलाई भाई बताउने उनले प्रधानसेनापति शर्मालाई कुनै बेला नविर्सने गुण गरेको बताउँदै आफुलाई खास मान्छे भन्दै चिनाउँदै आएका छन् । वास्तवमा उनले के नविर्सने गुण गरे भन्ने कुरा सेनाका उच्च अधिकारीहरु जानकार रहेको बताइन्छ । 

रक्षा समन्वयबाट विभिन्न काण्ड लागेर बाहिरिएका मेजरलाई पुनः त्यही निकायमा ल्याएको कुराले उनले गुण गरेकै रहेछन् भन्ने पुष्टी पनि भएको छ ।

अहिले नेपाली सेनाको जंगी अड्डामा पिएसओजहरुको जिम्मेवारी हेरफेरको चर्चा चलिरहेको छ । यही वेलामा यिनै मेजरले शर्माले आफुले भनेको कुरा कहिल्यै नकाट्ने भन्दै जर्नेलका कोठा कोठामा पुगेर विभिन्न जिम्मेवारीमा लविङ गर्दै हिंडेको पाइएको छ ।

आफुलाई शर्मा पछिका प्रधानसेनापतिका प्रवल दावेदार ठानेका उपरथी अशोक सिग्देलको महत्वपूर्ण जिम्मेवारी पनि आफैले मिलाएको भन्दै उनले विभिन्न भन्दै आएको बताइन्छ । 

स्मरण रहोस उपत्यका कमाण्डको सेनापतिको अलवा हाल उपरथी सिग्देलले  केही दिन अघि आकर्षक र संवेदनशिल मानिने नीति तथा योजना निर्देशनालय प्रमुखको दोहोरो जिम्मेवारी समेत प्राप्त गरेका छन् । 

केही दिन अघि उपरथी गोकुल भण्डारीको कार्यकक्षमा मेजर अर्यालले उच्च पदस्थ पिएसओज जर्नेलहरुबारे विभिन्न टिकाटिप्पणी र उछितो काटेको कुराले जंगी अड्डामा खैलावैला सिर्जना गरेको छ ।

 मेजर अर्यालले उपरथी भण्डारीलाई आफुले सम्भार रथी विभागमा लैजान प्रयत्न गरिरहेको भन्दै चिन्ता नगर्न पनि आश्वस्त पारेको बुझिएको छ । यो कुरा सुनेपछि केही दिन अघि उपरथी भण्डारी उज्यालो अनुहार पारेर जंगीअड्डामा फुर्तिफार्ती वढीरहेको बताइन्छ ।

प्रधानसेनापति शर्माले आफ्नो टिमवर्क निर्माणको गृहकार्यमा जुटिरहेको बेला मेजर अर्याल भने कसैलाई नागरिकता सच्चाउन योगदान गरेको त कसैलाई शैक्षिक प्रमाणपत्र सच्याउन सघाएको भन्दै आफ्नै नेतृत्वप्रति अफवाह फैलाउँदै हिंडेको बताइन्छ । 

यति हुँदापनि प्रधानसेनापति मौन बस्नाले शर्मा कतै न कतै चुकेको बुझ्न सकिने सैन्य अधिकारी बताउँछन् ।


0 comments

Write Down Your Responses