Powered by Blogger.
इन्द्रवतीमा स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न



काठमाडौं । इन्द्रावती गाउँंपालिका –३ मा सामुदायिक स्वास्थ्य निरुपणका कार्यक्रम सम्पन्न भएको छ । 

होप इन्टरनेशनल कलेज ललितपुरबाट आएका जनस्वास्थ्य पाँचौ सेमेस्टरबाट बिध्यार्थीहरुले सो वडामा आवासीय रुपमा बसी स्वास्थ्य सम्बन्धी तथ्यांक तथा सो को विश्लेषण गरि समुदाय स्तरमा देखिएका स्वास्थ्य समस्या पहिचान गरि सो सम्बन्धमा तत्काल उपलब्ध श्रोत साधनको प्रयोग गरि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरेका हुन् । 

साथै सूक्ष्म स्वास्थ्य परियोजना अन्तर्गत नसर्ने रोग सम्बन्धि एक दिने परामर्श एवम स्क्रीनिङ शिविर संचालनमा १ सय ३७ महिला , ६४ जना पुरुषले उच्च रक्तचाप र ३० पुरुषले रगतमा चिनी ( ब्लड सुगर ) को मात्र जाँच गराएका थिए ।  

ती मध्ये  १५ महिला , १० पुरुषमा उच्च रक्तचाप र ९ महिला र ४ पुरुषको रगतमा चिनिको मात्रा देखिएको थियो ।

होप कलेजबाट आएका स्वास्थ निरुपण कार्यक्रमा ग्रुप लिडर बिष्णु देव पन्तका अनुसार विश्लेषण गरिएको तथ्यांक अनुसार त्यस समुदायमा जेष्ठ नागरिकहरुको जनसंख्या बढी र नसर्ने रोगको बारेमा न्युन जानकारी रहेको पाईएको र सो रोगको समुदायमा प्रकोप हुने सक्ने अनुमान गरेर वडा कार्यलय र कुन्चोक स्वास्थ्य चौकीको सहयोगमा १ दिने शिविर संचालन गरिएको जानकारी दिनुभयो ।

बुधबार नै एक कार्याक्रमका बीच  बिष्णु देव पन्तको सभापतित्व र इन्द्रावती गाउँपालिका वडा नं ०३ का वडा अध्यक्ष देव प्रसाद बाँनियाको प्रमुख आतिथ्य र समुदायको सरोकारवालाहरुको उपस्थितीमा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको तथ्यांक तथा क्रियाकलापको सार्वजनिक गरिएको थियो। 

उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष बाँनियाले जनस्वास्थ्य पढाउने कलेजहरुले स्थानीय सरकारसंग  समन्वय गरि नियमित रुपमा यस्ता अनुसन्धानात्मक कार्यक्रमहरु गर्नुपर्ने  र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन पर्नेमा जोड दिनुभयो।  सो कार्यक्रमको संचालन सुरेन्द प्रसाद अवस्थीले गर्नुभएको थियो ।


0 comments

Write Down Your Responses