Powered by Blogger.
व्यक्तिवादी प्रवृत्तिका कारण नयाँ पार्टी खोल्नुपरेको अध्यक्ष नेपालको दावी , एक करोड डोज खोपका लागि सम्झौता भइसक्योः मन्त्री खतिवडा


स्याङ्जा । नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले विचार नमिलेपछि पार्टीमा विद्रोह शुरु भएको बताउनुभएको छ । 

शुक्रबार स्याङ्जामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले केपी ओलीले लोकतन्त्रको मुल्य र मान्यतालाई भत्काएको भन्दै कल्चिएको भन्दै पार्टीबाट अलगिएको बताउनुभयो ।  कार्यक्रमको प्रमुख अतिथि रहनुभएका अध्यक्ष नेपालले व्यक्तिवादी प्रवृत्तिका कारण एमालेबाट अलग पार्टी निर्माण गर्नुपरेको बताउनुभयो । 



असल संस्कार जोगाउन, नीति र सिद्धान्तलाई आत्मसाथ गर्न नेकपा एकिकृित समाजवादी गठन भएको नेता नेपालले दावी गर्नुभयो । अध्यक्ष  नेपालले एकिकृत समाजबादी ब्यक्ति प्रदान नभई नीति प्रदान पार्टी भएको दावी गर्नुभयो । 



यस्तै नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको २० दिनमा १२ बर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताउनुभयो । १८ बर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउदै मन्त्री खतिवडाँले १२ बर्ष मुनिकालाई खोपले मान्यता पाएसगै ल्याउने बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका मन्त्री खतिवडाले ठुला दुई पार्टी एकिकृत हुदाँ आसा जागेको बताउदै जनताले दिएको बिश्वास माथी ओलीले घात गरेको आरोप लगाउनुभयो । गल्ती स्विकारर्ने नै कम्युनिष्ट हुने बताउदै नेता खतिवडाँले कम्युनिष्ट आचरण नभएकालाई नवौ महाधिबेशनमा नेतृत्व दिदाँ अहिलेको अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा स्थायि कमिटी सदस्य रामजी शर्मा, केन्द्रिय सदस्य ताज महोम्बद मियाँ, जिल्ला इन्चार्ज प्रेमनारायण पौडेल, सांसद कलिलाँ खान, नगर अध्यक्ष श्रीप्रसाद गुरुङ्, सचिवालय सदस्य बिष्णु गिरी लगायतले मन्तब्य राख्नु भएको थियो ।

 जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिवालय सदस्य बिष्णु गिरीले स्वागत एवं उपसचिब टिकाराम नेपालीले संचालन गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses