Powered by Blogger.
भीमफेदी –१ मा एकिकृत समाजवादीको संगठन पुर्नगठन, अध्यक्षमा लोकबहादुर घिसिङ


काठमाडौं । संगठन पुर्नगठन तथा विस्तारका क्रममा नेकपा एकिकृत समाजवादी भिमफेदी–१ नम्बर वडा कमिटी गठन भएको छ ।   

यही कात्तिक १५ गते सोमबार आयोजित भव्य कार्यक्रमका बीच लोकबहादुर घिसिङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । कार्यक्रममा नजान ओलीपक्षीय स्थानीय नेताहरुले विभिन्न आश्वासन र  अवरोध गरेपनि त्यसलाई चिर्दै स्थानीयको सक्रिय सहभागिता सहित भव्य र सभ्य समारोह बीच कमिटी निर्माण गरिएको छ  ।

 पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 



कमिटीको उपाध्यक्षमा रवि लामा, सचिव कल्पना घिसीङ, उपसचिव मोहनप्रसाद सापकोटा तथा सदस्यहरु रामकुमार पाख्रिन, आइतेसिङ स्याङ्तान, सिर्जना गोले, भूपाल थिङ, देवबहादुर गोले, महेन्द्र मगर रमेश घिसीङ, रोशन सिन्तान, अजय लामा रुम्बा, इमान सिंह गोङ्वा, वीरसिंह स्याङ्तान, वीरबहाङदुर रुम्वा, जयबहादुर घिसीङ, गणश थिङ, राजु घिसीङ, दीपक नेगी, इन्द्रबहादुर भ्लोन, जीवन घलान, चनमती मगर, राजाराम स्याङ्तान र सुनराम घलान रहेका छन् ।  

केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलको प्रमुख अतिथ्यताम  भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका उपमेयर तथा जिल्ला कमिटी उपाध्यक्ष मिना लामा र जिल्ला कमिटी सचिव विष्णु दाहाल विशेष अतिथि रहनुभएको थियो ।  

भीमफेदी गाँउपालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य समिर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य शान्ति प्रिय वन्दना, जिल्ला कमिटी सदस्य तथा भिमफेदी इन्चार्ज शिवहरी बर्तौला, जिल्ला कमिटी सदस्य मानबहादुर लामा, जिल्ला कमिटी सदस्य तथा मनहरी इन्चार्ज भुमिनन्द अर्याल लगायतको अन्य नेता कार्यकर्ताहरुको व्यापक उपस्थिति थियो । 




0 comments

Write Down Your Responses