Powered by Blogger.
हेनपा–१२ भोर्लेमा भव्य कार्यक्रम, युवा र महिला समेतको कमिटी गठन


मकवानपुर । नेकपा एकिकृत समाजवादीको भव्य भेला हेटौंडा उपमहानगर पालिका वडा नं १२ पदमपोखरी भोर्लेमा सम्पन्न भएको छ । 

शनिबार केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर सहइन्चार्ज एवं संविधानसभा सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा ठुलो संख्यामा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।  भेलाले पार्टीको वडा कमिटी, युवा संघ र महलिा संघ समेत घोषणा गरेको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरी उक्त पार्टीका करिव एक सय २५ जना भन्दा बढी सक्रिय कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा नेपाल आदिवाशी जनजाती महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष रामचन्द्र बल विशिष्ट अतिथि रहनुभएको थियो

 ।



कार्यक्रममा बलराम बलको अध्यक्षतामा ६१ सदस्यीय पार्टीको वडा कमिटी, उत्तम बलको अध्यक्षतामा १ सय १ सदस्यीय युवा संघको वडा कमिट िर चन्द्रमाया पाख्रिनको अध्यक्षतामा अखिल नेपाल महिला संघको २९ सदस्यीय कमिटी घोषणा गरिएको छ ।

कार्यक्रममा पार्टीका बाग्मती प्रदेश कमिटी सदस्य यादव गजुरेल, जिल्ला कमिटी मकवानपुरका सचिव विष्णु दाहाल, जिल्ला सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिवहरि बर्तौला लगायत अन्य अतिथिहरुको आतिथ्यता रहेको थियो । 




0 comments

Write Down Your Responses