Powered by Blogger.
मकवानपुरको हावापानी खाएको ब्यक्तिले चुनौतिको डटेर सामना गर्न सक्छः मन्त्री खतिवडा


पालुङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपुर्ण देन रहेको औल्याउँदै सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि पर्ने भएकोले सरकारको आर्थिक मेरुदण्डको रुपमा सहकारी क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ । 

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत उत्तरी मकवानपुरको पालुङमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रलाई अवमुल्यन गर्न नहुने बताउनुभयो । 

कतिपय सहकारीहरु ठगी आरोपमा परिरहेको अबस्थामा राम्रा काम गर्ने सहकारीहरु ओझेलमा परेको बताउदै उहाँले सचेत रहन आग्रह गर्नुभयो । उहाँले सस्थाका सदस्यहरू होसियार रहनुपर्ने बताउदै हिसाब किताब खोजी गर्नु र नेतृत्व तहलाई खबरदारी गरिरहन सदस्यलाई आग्रह गर्नुभयो । 

आफू मकवानपुरको हावापानी खाएको ब्यक्ति स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले माहामारिको डटेर सामना गर्न सक्ने बताउनुभयो । 

मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउदै स्टक रहेको खोप नागरिकलाई लगाउनका लागि स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँटोल पुगेर भएपनी प्रत्येक नागरिकलाइ खोप लगाउने प्रतिवद्धता जनाउनुभयो । 

उहाँले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो । उहाँले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछि यहाँका एमालेका नेताहरुलाई ज्वरो आएको बताउदै अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धीलाई ब्यक्तिबादले सक्काउन खोजेको आरोप लगाउनुभयो । 

कोरोना महामारी सुरु भएबखत ओलि सरकारले औसधि खरिदमा व्यापक घोटाला गरेको स्मरण गर्दै प्रत्येक स्थानिय तह र वडा वडा मा स्वास्थ चौकी स्थापना गर्ने कार्यमा आफू र आफ्नो सरकार लागिपरेको बताउनुभयो ।

आफू हुने  र गर्न सक्ने कुराको मात्र गफ गर्ने भन्दै गफाडी कुरा कसले गर्छ भनेर जनताले चिन्नुपर्ने बताउनुभयो । थाहानगरमा बन्दै गरेको १५ शैया को अस्पताल निर्माण सम्पन्न भएपछि त्यसको लागि आबश्यक आइसियु लगायतका उपकरण उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 




साथै मन्त्री खतिवडाले थाहा नगरभित्र रहेका साना–ठुला सहकारीहरुले कृषिमा लगानी बढाइ नगरको आम जनताको आर्थिक स्थिती सुधार गर्न सुझाब दिनुभयो । 

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिदै नेपाल कृषि सहकारी संघ केन्द्रिय लेखा समिती संयोजक महेश्वर सुवेदीले सहकारी सस्थाहरु समाजबादी प्रक्रियामा भन्दा पुजीवादी प्रक्रियामा चलेकोले लाभांश बितरणमा एकरुपता नभएको बताउनुभयो । 

सहकारी सस्थाको संचालक समितिमा बस्नेहरु सस्थाको कार्यक्रममा आउदा आफ्नो राजनीतिक सिद्धान्तलाई बाहिरै राखेर आउन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा सस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले आफ्नो प्रतिबेदन राख्दै हाल सस्थाको आर्थिक कारोबार १ अर्ब १९ करोड रुपैया पुगेको बताउदै सेयर पुँजी ७० करोड १२ लाख तथा कर्जा लगानी ९५ करोड पुगेको प्रतिबेदन पेश गर्नुभयो  ।  



उद्घाटन कार्यक्रममा नेकपा समाजबादी बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा, केन्द्रीय सदस्य तथा युवा इन्जार्ज दिल कुमारी पन्त, स्वास्थ्य मन्त्रीका स्वकीय सचिब माधब तिमिल्सिना , नेकपा माओबादी केन्द्र थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट , थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कबिराज खत्री, थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की, पाथिभरा बचतका गोकर्ण बरुवाल,चेतनशील महिला सहकारिका कबिता बिष्ट ,जनकल्याण माबीका प्रअ सानोभाइ कार्की लगायत संघसंगठनका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो । 




0 comments

Write Down Your Responses