Powered by Blogger.
नेपाल मिडिया अवार्डमा एलआइसीको मुख्य प्रायोजन, सह प्रायोजनमा ब्लुचिप


काठमाडौं । विभिन्न विधामा योगदान दिएका संचारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले पौष २४ गते शनिबारको दिन हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड २०७८’ लाई एल.आई.सि.नेपाल (लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.ले मुख्य प्रायोजन गरेको छ भने अन्तर्राष्ट्रिय कम्पनी “ब्लुचिप” गु्रफ अफ कम्पनीले सह–प्रायोजन गरेको छ । 

नेपालमा पनि आफ्नो व्यापार प्रर्वद्धन गर्नुको साथै नेपालको आर्थिक वृद्धि दरलाई सघाउन पु¥याउने हेतुले नेपाल मिडिया अवार्ड २०७८ मा सहकार्य गरेको कुरा “ब्लुचिप” गु्रफ अफ कम्पनीका सिइओ रविन्द्रनाथ सोनीले बताउनु भयो । 

गत वर्ष ड्रिम हाई नेपाल प्रा.लि.को आयोजनामा गरिएको १० औं नेफ्टा फिल्म अवार्डलाई पनि मुख्य प्रायोजन गरेको एल.आई.सि.नेपाल (लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.)ले उक्त कार्यक्रमको प्रसंशा गर्दै मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा आफु खुशी भएको कुरा एल.आई.सि. नेपालका प्रमुख लक्ष्मी प्रसाद दासले बताउनु भयो । 

नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्ड बारे गत मंसिर १ गते राजधानीको होटल सोल्टीमा पत्रकार सम्मेलनमा सातैवटा प्रदेशबाट नै समेटिने गरी मिडिया अवार्ड हुन लागेको कुरा जानकारी गराइएको थियोे । 

नेपाल मिडिया अवार्ड २०७८ कुल २५ बिधामा वितरण हुने आयोजकले जनाएको छ । हालसम्म १० वटा भन्दा बढी कर्पोरेट कम्पनीहरुले प्रायोजन गरेको यो मिडिया अवार्डमा व्यापक प्रसार–प्रचार र अवार्ड कार्यक्रमलाई निष्पक्ष बनाउन आफु लागि परेको कुरा कार्यक्रम निर्देशक कमल जि.सि.ले बताए । 

टेलिभिजन छापा, मिडिया, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र संचारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने छ । 

मिडिया अवार्डलाई सफल बनाउनको लागि आफूसँग सहकार्य गरीदिनु भएकोमा प्रायोजनकर्ताहरुलाई धन्यवाद दिँदै आयोजक संस्थाका प्रबन्ध निर्देशक जि.सि.ले सम्पूर्ण संचारकर्मी तथा सरकारी निकायहरुलाई पनि सहयोगको लागि अनुरोध गरेका छन् ।


0 comments

Write Down Your Responses