Powered by Blogger.
काठमाडौंमा यसरी गरियो रुदानेको स्मरण


 काठमाडौं  । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको २३ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वि सं २०३८ सालको जनमुखी घोषणापत्रबारे अन्तरक्रिया गरेर मनाएको हो। आयोजक रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष रामनारायण विडारीले रुपचन्द्रले थाहा लाई सुत्रवद्ध रुपमा परिभाषित गरिदिएको बताए। 

‘सत्य ज्ञानको नाउँ, ठीक कामको नाउँ, थाहा यी दुबैको नाउँ’ रुपचन्द्रको थाहाको परिभाषा सुनाउँदै विडारीले भने । रुपचन्द्रले मार्स, लेनिन, माओत्सेतुङ, महात्मा गान्धीजस्ता महा मानव थाहाका उपज हुन् भनेर भन्ने गरेको बिडारीले स्मरण गरे। 

रुपचन्द्रलाई कसैले किताब किन नलेखेको भनेर प्रश्न सोध्दा दिएको जवाफ सम्झँदै विडारीले भने, ‘संसारमा यति अथाह किताब छन्, भन्नुपर्ने कुरा सबै त्यसमा छन्। त्यो त तैंले एक छेस्को पढेको छैनस् । फेरि यो किताबको डंगुरमा अर्को किताब थपिदिउँ म? भन्ने जवाफ थियो उहाँको । उनका अनुसार रुपचन्द्रले आफूले भनेका कुरा वुद्ध, मार्स, माओत्सेतुङले भनेका कुरा नै जनमुखी शैलीमा व्यक्त गरिएको बताउँथे।

अन्तरक्रियामा अध्येता तथा लेखक श्याम श्रेष्ठले रुपचन्द्रको राजनीतिक घोषणापत्रको केन्द्रमा श्रमजीवी जनता रहेको धारणा राखे।  रुपचन्द्रले सरकारको पनि सरकार जनतालाई मान्ने गरेको उनले बताए। ‘जनतामा पनि ९५ प्रतिशत जनता श्रमिक छन्। त्यो श्रमिक जनताको प्रजातन्त्र हुनुपर्यो भनेको हो । समाजवाद भनेको यहि होइन?

रुपचन्द्रले पञ्चायती व्यवस्थाका बेलामा जो जति शक्तिमा छ समाज सप्रे बिग्रेकोमा त्यो त्यति नै जिम्मेबार छ भनेर राजालाई ठूलो चुनौती दिएको उनको भनाइ छ। ‘घुमाउरो भाषामा पञ्चायती व्यवस्था जति सप्रेबिग्रेको छ त्यसको जिम्मेवार राजा हुन् भनेको हो, उनले भने नचुक्ने, राजनीतिक भाषामा यो कुरा आफ्नो पर्चामा लेख्नु भनेको मलाई धेरै ठूला कुरा हो जस्तो लाग्छ।’ कार्यक्रममा व्यवसायी तथा थाहा अभियन्ता अजेयराज सुमार्गीले ०३८ सालको चुनावमा एक्लै घोषणापत्र सार्वजनिक गर्नु ठूलो चुनौती भएको बताए। 

काठमाडौं महानगरमा बालेन साहले जितेर रुपचन्द्रको एउटा उदाहरण पेश गरेको उनको भनाई थियो। उनले भने,  बालेन अहिले एक्लै सफल हुनुभएको छ। अब उहाँ संगठन निर्माणमा लाग्नुभयो भने कति सफल हुनुहुन्छ भन्न सकिँदैन। संगठनमा झमेला हुन्छ नै। एक्लै विद्रोह गर्न सक्नु नै थाहा अभियानको लक्ष्य भएको उनले बताए। अहिलेको शासन व्यवस्था असफल भएको बेलामा जनमुखी घोषणापत्र अहिलेको लागि उपयुक्त भएको उनको दाबी छ। अहिले जनताले राजनीतिलाईभन्दा विकासलाई भोट हाल्न थालेको उनले बताए।

कार्यक्रममा बोल्दै लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले रूपचन्द्रलाई आफ्नो साथीका रूपमा सम्झिए। उनले भने, ुउहाँ सम्पन्न परिवारबाट काम गर्नेहरूको जीवनमा गएर अरूको घरमा बस्नेदेखि ट्रक चालकसम्म बन्नुभयो। २०१५ सालको चुनावमा स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभयो। १६ सालमा उहाँको एसएलसी थियो। उनले बाहिर र जेलमा रहँदासमेत सँगै बसेको स्मरण गरे। बाख्रापालनदेखि रेष्टुरेन्टसमेत चलाउनुभयो। २०४८ सालमा उहाँसँगै चुनाव लड्नुर्पयो। म एमालेबाट, उहाँ स्वतन्त्र। नराम्रो लागेको थियो फरक पार्टीबाट लड्नुपर्दाु, उनले भने, ु०५४ सालको चुनावमा दुई क्षेत्रबाट तालमेल गरेका थियौँ। रुपचन्द्रले कर्तव्य पूरा गर्न नसके अधिकार आफ्नो  हुन नसक्ने घोषणापत्रमा उल्लेख गरेको उनले बताए। विद्रोही नेता भएकाले कहिल्यै जिम्मेवारीबाट पन्छिन नहुने उनको बुझाइ रहेको श्रेष्ठले उल्लेख गरे। 

यस्तै, लेखक श्याम श्रेष्ठले रुपचन्द्रले लेखेको पर्चा अहिलेसम्म सान्दर्भिक भएर आएको उनको भनाई थियो। उनले भने, ुसिंगो नेपालको विद्रोहीको रूपमा उहाँलाई लिन सकिन्छ।  परिवर्तनको संवाहकको रूपमा बुलन्दकारी आवाज उठाउनुभयो। तानाशाही शासन व्यवस्थामा क्रान्तिकारी विद्रोही बन्नुभयो।

 त्यस्तै लेखक तथा विश्लेषक युग पाठकले थाहा आन्दोलन र जनमुखी राजनीतिमार्फत विष्टले समाजको हरेक तप्कालाई विसंगतिविरुद्ध आन्दोलित हुन प्रेरित गरेको बताए। खासगरी समाजमा भएको अन्याय अत्याचार असमानता र विभेदविरुद्ध जम्मै मान्छेले आ(आफ्नो ठाउँबाट पहल लिनुपर्यो भन्ने उहाँको सेन्स म बुझ्छु।ु उनले भने, ुदार्शनिक अवधारणाको कुन खेमामा उहाँ भन्दा पनि व्यवहारतः उहाँ समाजमा मान्छेले काम गरेर मात्रै परिवर्तन संभव छ कुनै भगवानले ल्याइदिँदैन भन्ने ठाउँमा प्रष्ट भेटिनुहुन्छ। कार्यक्रममा अध्येतारलेखक राजेन्द्र महर्जन, अध्येता विभु लुइँटेल,लेखक धनकुमारी सुनार, मकवानपुरे समाजका अध्यक्ष अरुण गुरुङ, रुदानेका मित्र नेत्र वान्तवा रुपचन्द्र विष्ट स्मारक समितिका सल्लाहकार एवं रुदानेका भाइ गुणचन्द्र विष्टलगायतले घोषणापत्रबारे भनाइ राखेका थिए।   


रुपचन्द्रको २३ औं स्मृति दिवसको अवसरमा उनका विचार तथा राजनीतिक गतिविधि संग्रहित वेबसाइट सार्वजनिक गरिएको छ। रुपचन्द्र विष्ट स्मारक समितिले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वेबसाइट सार्वजनिक गरेको हो। 

वेबसाइटमा विष्टका राजनीतिक पर्चा, राष्ट्रिय पञ्चायतमा दिइएका भाषण, विभिन्न पत्रपत्रिकामा छापिएका अन्तर्वार्ता, रुपचन्द्रबारे समकालिनहरूको धारणा लगायतका सामग्री समेटिएको समितिका अध्यक्ष रामनारायण बिडारीले जानकारी दिए। रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले विसं २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। 

छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्नेजस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। विसं १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो।

–थाहा खबरबाट

0 comments

Write Down Your Responses