Powered by Blogger.
मकवानपुरे समाजका समिति संयोजक र सल्लाहकारलाई सम्मान



काठमाडौं ।  मकवानपुरे समाजद्वारा आयोजित विभिन्न समिती संयोजकज्युहरु साथै सल्लाहकारज्युहरुलाई मनोनित  एवं स्वागत सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष अरुणकुमार गुरुङले सम्मानपत्र वितरण गर्नुभएको हो ।

 समाजको कार्यसमिति बैठकले कला तथा सााँस्कृतिक संयोजकमा लक्ष्मण शेष, ब्यवस्थापन संयोजकमा गोपीप्रसाद पौडेल, सामजिक समिती संयोजकमा चिन्तन बज्राचार्य, युवा समिती संयोजकमा उमेश मिश्र, देश तथा विदेश समन्वय समितीमा गणेश मानन्धर र महिला समिती संयोजकमा रीता रेग्मी मनोनित हुनुभएको छ ।

 शनिवार आयोजित कार्यक्रममा सल्लाहकारहरु जयराम लामिछाने, रामप्रसाद कंडेल ,श्यामबहादुर महत ,लक्ष्मण थापा ,राजेशसिंह वस्नेत ,रविन्द्र श्रेष्ठ,कृष्ण घलान ,समाजसेवी उदय भण्डारीका साथै समाजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

समाजले  समिती भित्र रहि सेवा गर्न ईच्छुक मकवानपुरे महानुभावहरुले समाज का अध्यक्ष अरुण गुरुगंसंग सम्पर्क गर्नहुन अनुरोध समेत गरेको छ । 

 


0 comments

Write Down Your Responses