Powered by Blogger.
विशेष नागरिक पुरस्कारबाट खेलाडी गोपाली पुरस्कृत



काठमाडौ । मकवापुर जिल्लाको चित्लाङका स्थानीय वासिन्दा मार्सल आर्ट विधाको सितोरियो कराँते तथा किक बक्सिङका राष्ट्रिय स्तरका खेलाडी टुडान रामदाश गोपाली पुरस्कृत भएका छन् । 

नागरिक समाजको १६ औं वार्षिक उत्सव तथा नागरिक क्रिएसन प्रालिको संयुक्त आयोजनामा आयोजित विशेष नागरीक पुरस्कार २०७९ सम्मान कार्यक्रममा खेलाडी रामदास गोपाली ‘विशेष नागरिक पुरस्कार २०७९’बाट पुरस्कृत भएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको आतिथ्यतामा सामाजिक रूपान्तरणमा विशेष योगदान पुराउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धता सहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा दीर्घसिंह बम, गुरु रिम्पोचे कोषका अध्यक्ष आनी भीमसुवा गुरुङ, वरिष्ठ परम्परागत आयुर्वेदिक चिकित्सक रामलाल वैद्य, गीतकार प्राज्ञ उन्नति बोहोरा ‘शीला’ युवा साहित्यकार भीष्मराज फुलारा, अभिनेत्री आशा भुषाल लगायतकालाई ‘विशेष नागरिक सम्मान–२०७९’ प्रदान गरिएको थियो ।


0 comments

Write Down Your Responses