Powered by Blogger.
मकवानपुरे समाजद्धारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना


काठमाडौं । मकवानपुरे समाज काठमाडौंले दशैं–तिहार लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । 

शनिवार  बिहान आयोजित कार्यक्रममा मकवानपुर जिल्लाबाट विशिष्ट स्थान ओगट्ने व्यक्तिहरुलाई समन समेत गरिएको थियो । कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रामनारायण बिडारी , जयराम लामिछाने, बिद्युत बज्राचार्य, समाजसेवी देव श्रेष्ठ, चेतन सापकोटा र समाजका अध्यक्ष अरुण गुरुङ लगायतले देशको समसमायिक बिषयमा आ आफ्नो धारण राख्दै शुभकामना मन्तब्य राख्नुभएको थियो । 

जिल्ला तेश्रो हुने ईशान शर्मालाई सम्मान गरिएको थियो भने आजिबन सदस्यहरुलाई आजिवन सदस्यता बितरण गरिएको थियो । चेतन सापकोटा संगितकार संघ नेपालका अध्यक्ष हुन् । उहाँलाई पनि सम्मान गरिएको थियो ।  

त्यसैगरी समाजको सल्लाहकारमा उद्योगी समाज सेवी शिव प्रसाद घिमिरे र समाजसेवी कृष्ण प्रसाद न्यौपानलाई मनोनयन गरिएको छ । 

आगामी दिनमा पनि समाजले बिभिन्न ओहोदामा रहेका मकवानपुरेहरुलाई सम्मान गर्ने योजना बनाएको समाजका अध्यक्ष अरुणकुमार गुरुङले जानकारी दिनुभयो ।

 कार्यक्रममा डा अगुर कार्कीले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँ समाजको सल्लाहकार हुनुहुन्छ । 






0 comments

Write Down Your Responses