Powered by Blogger.
हेटौंडामा ‘झुमर’ माथि विमर्श


–संप्रस पौडेल

हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा सिम्रन क्षेत्रीको उपन्यास झुमरमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भएको उक्त कार्यक्रममा वक्ताहरू घनश्याम घिमिरे, निरा शर्मा र छवि अनित्यले बोल्नु भएको थियो ।  आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्जक सञ्जाल, मकवानपुरका संयोजक निमेष निखिल प्रमुख अतिथी तथा वरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल विशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा औपन्यासिक कृति झुमरका पाठकहरूको विचार समेत सुन्ने व्यवस्था गरिएको थियो । सर्जकहरू प्रलेस केन्द्रिय सदस्य मसान उपासक,सुवास खनाल, देवराज तिवारी, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने आदिले शुभकामना मन्तव्य तथा कृतिमाथि आफ्ना धारण व्यक्त गर्नु भयो । 

समीक्षक घनश्याम घिमिरेले यस उपन्यासमा नौलोपन दिने प्रयास गरिएको, कथावस्तुलाई शीर्षकबीचमा व्यवस्थापन गरिएको तथा जाँदाजाँदै भन्दै कथा सुहाउँदो प्रस्तुती उपन्यासको अन्त्यतिर लेखकले उल्लेख गरिएको बताउनु भयो । 

साथै उहाँले अप्ठेरो शब्दको प्रयोगभन्दा पनि सजिला शब्द वा भाषालाई अप्ठेरो स्थिति वा तरिकाले लेखनमा उतार्नु लेखकको मूख्य विशेषता बताउनु भयो । 

वक्ता तथा पाठकहरूका जिज्ञासालाई उपन्यासकार क्षेत्रीले प्रष्ट पार्नु भएको थियो भने उहाँले ’मकवानपुरमा महिलाहरूद्वारा स्थापित आँचलले मनै लोभ्याएको र यस्तो संस्था अन्यत्र नदेखेको’ बताउनु भयो । 

आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालले पहिलो उपन्यासका लागि शुभकामना तथा उपन्यासमा पढेकी युवतीले प्रेममा अन्धो भएर नै सम्बन्धविच्छेदपछि पनि श्रीमानको सम्पत्ति नलिईकन बेगल बस्ने ईच्छाले नै उनलाई झुमरकी नायिकाका रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । 

कार्यक्रम समापनपछि उपन्यासकार क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो । साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित उक्त कार्यक्रम सबिता तिमल्सिनाले सञ्चालन गर्नु भएको थियो ।


0 comments

Write Down Your Responses