Powered by Blogger.
नेसनल प्याब्सन बागमतीको सचिवमा लामा


काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) बागमती प्रदेशको सचिवमा गेन्द्र लामा चयन भएका छन् । 

शनिबार सम्पन्न बैठकबाट सचिवमा गेन्द्र लामा सर्वसम्मत भएका हुन् ।

मनास्लु वल्र्ड कलेजका अध्यक्ष, प्राक्सिस इन्टरनेसनल स्कूलका प्राचार्य लामा विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुमा सक्रिय छन् ।

सर्वसम्मत सचिव चयन गर्ने सम्पूर्णप्रति लामाले आभार व्यक्त गरेका छन् । त्यसैगरी समितिको अध्यक्षमा नारायणकुमार कार्की चयन भएका छन् ।


0 comments

Write Down Your Responses