Powered by Blogger.
थाहा फोटो प्रदर्शनी २०७९ सम्पन्न

 


काठमाडौ । थाहा नगरपालिकाको आयोजनामा काठमाण्डौको बसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय बिदेशी सहित करिब १३ हजार जनाले अवलोकन गरेका छन्  ।


थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो ।


फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताउनुभयो ।



प्रदर्शनीमा राखिएका मध्ये १५ वटा फोटो जर्मन न्युजिल्यान्ड र उक्रेनका पर्यटनकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम ब्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादब जंग रायमाझीले बताउनुभयो । उहाँले फोटो प्रदर्शनी सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।


थाहा नगरको होटल अध्यायका अर्जुन सिं ठकुरीले फोटो प्रदर्शनीले थाहा नगरको होटल ब्यवसाय प्रबर्द्धनकालागि सकारात्मक भूमिका खेलेको बताउनुभयो ।


तीन दिनसम्म भएको प्रदर्शनीमा राखिएका फोटोहरु अत्यन्तै उत्साहपुर्वक ढंगले भब्यरुपमा सम्पन्न भएको र आफ्नो मेहनतको उपलब्धि मिलेको फोटोग्राफर गणेश बिष्टले बताउनुभयो । उहाँले यस प्रदर्शनीले आफुले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभयो ।


फोटोप्रदर्शनीको १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses