Powered by Blogger.
लेखापढी कानुन व्यवसायी इकाई समिति टोखाको दोस्रो अधिबेशन सम्पन्न


टोखा(काठमाडौं । टोखा नगरपालिकामा लेखापढी कानून व्यवसायी नयाँ कार्यसमिति निर्वाचित गर्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन टोखा सरस्वती इकाईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । 

 टोखा सरस्वती इकाईका अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा  एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालको प्रमुख आतिथ्यता सहित कार्यक्र सम्पन्न भएको हो । 

अधिवेशनबाट सर्वसम्मत रुपमा दिनेश श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

टोखा  स्थित बिएल भ्वय् छेंमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षयमा दिनेश श्रेष्ठ, उपाध्यक्ष श्याल लाल श्रेष्ठ, सचिवमा जय कुमार श्रेष्ठ, कोषाध्यक्षमा राजकाजी डंगोल, सहकोषाध्यक्षमा सागरराज बिडारी, निर्वाचित भएका छन् । 

साथै, सदस्यमा सृजना महर्जन, शुक्र श्रेष्ठ, सुनिल श्रेष्ठ,अनिल लवट,हरिहर अधिकारी,केदार खनाल ,रेनु महत चयन भएका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक हरिमान श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन केन्द्रीय समितिका अध्यक्ष सिताराम दाहालले व्यवसायिक सुरक्षाको लागि मर्यादित र अनुशासित भएर अघि बढ्न पर्ने बताए । 

एसोसिएसनका उपाध्यक्ष तथा बागमती प्रदेश समितिका संयोजक सूर्य बहादुर थापा, महासचिव कृष्ण प्रसाद दाहाल, कोषाध्यक्ष हरि प्रसाद पौडेल, इकाई समिति मनमैजुका अध्यक्ष बिशाल पाण्डे, कलंकीका अध्यक्ष पूर्ण श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका राखेका । 


0 comments

Write Down Your Responses