Powered by Blogger.
एमालेको मिसन ग्रासरुट अभियानमा हिन्दु राष्ट्र, नेताहरुको सम्पती छानविन लगायतको प्रस्ताब


काठमाडौं ।  मिसन ग्रासरुट अभियानलाई सफल बनाउने अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

अभियान अन्तरगत केन्द्रिय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागी रहने अभियान २०७९ बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलो सम्म पुगेर सदस्यता नवीकरण वितरण र पार्टी कमिटीलाई सुचारु वनाउने निर्णय वैठकले गरेको छ ।

      उक्त बैठकमा हिन्दु राष्ट्र कायम गर्न, नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताब अगाडी बढाउन, समानुपातीक र आरक्षण बर्गीय आधारमा गर्न, पंचायतकालदेखी लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ती छानबिन गर्न, एमालेको शत्रु र मित्रु एकिन गरी तत्कालिन कार्यनिती प्रष्ट हुन छलफल गर्नको लागि प्रस्ताब पेश गरिएको छ । 

 केन्द्रिय वन तथा वातावरण विभागको सदस्य, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख, एवं प्रगतिशिल पेशागत कानून व्यवसायी एशोसिएसनका केन्द्रिय सदस्य ध्रुब प्रसाद चौलागईले नेपालको भावी राजिनती यीनै कुराहरुमा केन्द्रित रही अगाडी बढने भएकोले यी कुराहरुमा प्रष्ट भएर अगाडी बढन आवश्यक रहेको उक्त कुराहरु पार्टी जिल्ला कमिटी बैठकमा प्रस्ताका रुपमा पेश गर्दै उक्त प्रस्ताबहरु पाटी जिल्ला कमिटी र केन्द्रबाट अभियानमा खटिई आउनु भएका अभियानकर्ता मार्फत केन्द्रिय कमिटीमा छलफल गरि निश्कर्ष निकाल्न समेत माग गरिएको छ ।

 बैठकमा पेश भएको प्रस्ताब निम्नानुसार रहेको छ –

श्री मान अध्यक्ष ज्यु

नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी


बिषयः– निम्न कुराहरुमा बैठकमा छलफल होस भनि प्रस्ताब गर्दछु ।

    उपरोक्त सम्बन्धमा नेकपा एमालेको केन्दिय कमिटीको बैठकबाट मिसन ग्रास रुट अभियान अन्र्तगत संचालन गरिन लागिएको संगठन सुदृढीकरण अभियान संचालन गर्ने विषय अत्यन्तै महत्वपुर्ण रहेको छ । यो महत्वपुर्ण अवसरको सदुपयोग गर्दै म आवद्ध रहेको जिल्ला कमिटीको बैठक मार्फत निम्न विषयहरुको बारेमा आम जनता र कार्यकर्तालाई प्रष्ट पार्नपर्ने भएकोले यी विषयहरुलाई गम्भिरताका साथ छलफल गरि निश्कर्ष सहित जाने वातावरण वनोस भन्ने अनुरोध गर्दै निम्न कुराहरु प्रस्ताब गर्दछु ।


१) हाम्रो पार्टी कम्युनिष्ट पार्टी भएकोमा बर्तमान अवस्थामा हाम्रो पार्टीको तत्कालिन कार्यनिती , शत्रु को हो र मित्रु को हो भन्ने प्रष्ट हुनु जरुरी छ । बिगतका निर्वाचनमा बनाईएको समिकरणले आम जनतामा सबै पार्टी उस्तै हुन । अब कुनै पार्टीमा बिचार सिद्धान्त रहेन भन्ने आम सोचमा परिवर्तन गर्ने आधार तयार नगर्ने हो भने सबै पार्टी उस्तै हुन भन्ने कुराले पार्टीलाई ठुलो घाटा हुने   भएकोले यो सम्बेदनशिल बिषयलाई कसरी प्रष्ट पार्न सकिन्छ ?  २०४६ साल अघि हामीहरुले गणतन्त्र प्राप्तीका लागि बिभिन्न संघर्ष र बलिदान गर्यौ तर अहिले गणतन्त्र प्राप्त भई यसलाई संस्थागत गर्ने समयमा राष्ट्रियताको संरक्षणका नाममा राजतन्त्र स्थापना गर्नु पर्दछ भन्ने पार्टीहरुसमेतसंग सहकार्य गर्ने कुराले हाम्रो मुल लक्ष्यप्राप्ती गर्ने दिशातर्फभन्दा २०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धीहरु नै गुम्ने आशंका रहेकोले यस तर्फ प्रष्ट धारण वनाउन बैठकमा छलफल होस ।

२) नेपालको संविधानमा धर्म निरपेच्छ राज्य हुने कुराले सबै धर्मको सम्मान भएको छ । तर आम रुपमा संविधानमा भएको धर्मनिरपेच्छतालाई कायम राख्दै नेपाललाई बिश्वका हिन्दुहरुको धार्मीक पर्यटकीय देश वनाउन हिन्दु राष्ट्र वनाउदा कही कसैलाई अशर नपर्ने भएकोले नेपालाई धर्म निरपेक्षता सहितको हिन्दु राष्ट्र घोषणा गर्न पर्दछ भन्ने कुरामा छलफल होस ।

३) भुपरिवेष्टित हाम्रो देश  दुइ शक्तिशाली छिमेकी राष्ट र अरु राष्ट्र्रसंग हातहतियारले युद्ध गर्न नसक्ने भएकोले नेपालाई शान्तिक्षेत्र देश घोषणा गर्न राजा विरेन्द्रको  प्रस्ताबलाइ १३० राष्ट्रले अनुमोदन गरिसकेकोले नेपाललाई शान्तिक्षेत्र देश नेपाल वनाउने प्रस्ताबलाई व्युताएर अन्य बाँकी देशको समर्थन लिने कुटनितिक प्रयास अगाडी वढाएमा बैदेशिक हस्तक्षेप कम गर्न सकिने भएकोले यो विषयमा छलफल होस ।

४) संविधानमा रहेको समानुपातीक र आरक्षणको व्यवस्थाले संविधानको भावनालाई आत्मसाथ गर्न सकेको छैन । कम्युनिष्टहरुले वर्ग उत्थानको लागि आन्दोलन र संघर्ष गर्ने हो जातिय होईन । त्यसैले सबै जातजातीमा बर्ग छ । अहिले आरक्षण र समानुपातीकका नाममा हुनेखाने वर्गको नै हालीमुहाली छ । गरिब सर्वहारा र आर्थिक अवस्था कमजोर रहेका वर्गले कहिल्यै अवसर प्राप्त गर्न सकेको छैन । त्यसैले देशमा आम नागरिकहरुको आर्थिक हैसियतका आधारमा जातिय होईन वर्गिय आधारमा आरक्षण र समानुपातिक अवसरको वितरण गर्नु आवश्यक रहेको छ । अहिले आरक्षण र समानुपातिकताको नाममा आफन्त र नजिककाहरुलाई अवसर प्रदान गरिएको छ भनि समानुपातिक र आरक्षणको खिल्ली उडिरहेको अवस्थामा वर्गिय आधारमा आरक्षण र समानुपातीक कोटा निर्धारण गर्न पहल गर्नु आवश्यक रहेकोले यस कुरामा छलफल होस ।

५) आम रुपमा २०४६ साल पश्चात राजनैतिक नेतृत्वमा पुगेर अवसर प्राप्त गर्ने केही मानिसका अप्रत्यासित रुपमा आर्थिक प्रगती भएको कुराले राजनित सेवा होकी धन आर्जन गर्ने माध्यम हो भन्ने कुरा आम रुपमा उठीरहेकोले पंचायत कालदेखी हालसम्म राजनित गरि रहेका सरकारी लाभको पदमा रही अप्रत्यासित आर्थिक उन्नती भएकाहरुको सम्पत्ती छानबिन गर्न सम्बन्धित निकायहरुमा उजुरी गरी अगाडी बढन आवश्यक रहेकोले यस तर्फ ठोस कदम चाल्न सकेमा आम जनमानसमा सकारात्मक सन्देश जाने भएकोले यस तर्फ छलफल होस ।

६) सबै खाले अवसरहरु पार्टीमा छलफल गरी आवश्यकता र समानुपातीक बितरण गर्ने कुरा किन हरायो ? आफु पदमा पुगेपछी आफ्नो नातेदार र नजिककाहरुलाई प्राथमिकतामा राखी पटकपटक  अवसर उपलब्ध गराउने पार्टीमा छलफल गर्नै नपर्ने संस्कारको विकाश किन भयो ? पार्टीमा निस्वार्थ लागेका कार्यकर्ता र नेताहरुको मुल्यांकन नगर्ने कुराले पार्टीलाई कहा पुर्याउछ  ? भोलिका दिनमा यो विषयलाई पार्टीगत निर्णय र आवश्यकताका आधारमा अवसर प्रदान गर्ने संस्थागत संयन्त्रको विकाश कहिले गर्ने भन्ने कुरामा छलफल होस ।

    यस्ता धेरै विषयहरु भएपनि यी विषयहरु बर्तमानमा आम रुपमा देशको राजनैतिक परिदृष्यमा देखिएका र भावी राजनिती यी कुराहरुमा नै केन्द्रित रहने आभास भएकोले यी कुराहरु पार्टी जिल्ला कमिटी, केन्द्रवाट खटिई आउनु भएका अभियानकर्ता मार्फत बागमति प्रदेश कमिटी र, पार्टी केन्द्रिय कमिटीमा समेत छलफल गरी निश्कर्षमा पुग्न प्रस्ताब गर्दछु । 

                                                            

                                                                                                            ध्रुब प्रसाद चौलागाई

                                          नेकपा (एमाले) मकवानपुर जिल्ला सचिवालय सदस्य  एवं प्रचार विभग, प्रमुख २०७९।११।१०


0 comments

Write Down Your Responses