Powered by Blogger.
अनेरास्ववियु आर आर क्याम्पसको संयोजकमा लोकेश खड्का


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आर आर क्याम्पसको संयोजकमा लोकेश खड्का मनोनित हुनुभएको छ । 

अनेरास्ववियु  आर आर क्याम्पस कमिटीको पुर्ण पदाधिकारी बैठकले उपाध्यक्ष खड्कालाई संयोजकको जिम्मेवारी दिएको हो । 

यस्तै अनेरास्ववियु  आर आर क्याम्पस कमिटीको सह–संयोजकमा सहसचिव अनिल बोहरा र विजन रेग्मीलाई जिम्मेवारी दिइएको अनेरास्ववियु आर आर क्याम्पसले जनाएको छ । 

यस अघिका अध्यक्ष मदन भण्डारी क्याम्पस कमिटी सचिवमा मनोनयन भएसंगै खड्काले संयोजकको जिम्मेवारी पाएका हुन् । 




0 comments

Write Down Your Responses