Powered by Blogger.
निर्देशकको सचिवमा निर्विरोध भए देबेन्द्र पाण्डे


काठमाडौं । पछिल्लो समयको ब्यस्त निर्देशक देवेन्द्र पाण्डे नेपाल चलचित्र निर्देशक समाजको १५ औ साधारणसभाबाट निर्विरोध सचिब पदमा निर्वाचित भएका छ्न । 

उनलाई निर्देशकहरुले बौद्धिक  क्षमता–दक्षता र योगदानको कदर स्वरुप सम्पुर्ण निर्देशकहरुले सर्वसम्मत गराएका हुन् । पाण्डेले सबैको साझा भएर नेतृत्व गर्न सक्ने हुँदा पाण्डेलाई सचीव पदमा निर्विरोध ल्याउनु पर्ने आवाज  धेरै निर्देशहरुको  रहेको थियो । 

त्यो पदको नेतृत्व देबेन्द्र पाण्डेले मात्र गर्न सक्ने आम निर्देशनको भनाइ  थियो । उक्त भनार्ई पछि  सचीव पदमा अन्य आकांक्षी ब्यक्तिहरुले उम्मेद्बारी फिर्ता लिएका थिए । 

फलस्वरुप निर्देशक पाण्डे निर्विरोध निर्वाचित भएक हुन । पाण्डे लगाएत अध्यक्ष  जनकदिप पराजुली, उपाध्यक्ष सुबास गजुरेल र दिपशिखा खड्का, महासचिव अरुण प्रधान लगायत १७ ब्यक्ति निर्वाचित भएका थिए ।

निर्देशक पाण्डेले  वान साइड लभ र भिलेन चलचित्रले राम्रो छाप छोड्न सफल भएको छ र पछिल्लो समय  गीति चलचित्र मानिस ठुलो दिलले हुन्छको अन्तिम तयारीमा छ्न । जुन चलचित्र नेपालको पहिलो संम्बाद सहित पहिलो गीति चलचित्र हो  । 

उनले सयौ म्युजिक भिडियो निर्देशन गरिसकेका छ्न । त्यसमध्ये थुप्रै चर्चित छ्न, फरक शैलीमा चलचित्र वा म्युजिक भिडियो  बनाउने निर्देशक पाण्डे मेहनती व्यत्तिः हुन् ।  

निर्देशक पाण्डे लगायत सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।




0 comments

Write Down Your Responses